Close This

प्रदेश न. २ मा हरेक बर्ष सवारी दुर्घटना बढ्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२४ गते   ३५६ पटक हेरिएको

प्रदेश न. २ मा हरेक बर्ष सवारी दुर्घटना घटनाहरु बढ्दो अवस्थामा छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका अनुसार पछिल्लो ३ वर्षको तथ्याङ्कले सवारी दुर्घटनामा बृद्धि हुँदै गएको ट्राफिक प्रहरीले देखाएको छ । आर्थिक वर्ष ०७४।०७५ मा प्रदेशका ८ जिल्लामा १ हजार १ सय ५ सवारी दुर्घटनामा ३ सय ९४ जनाको मृत्यु भएको छ भने, आर्थिक बर्ष ०७५।७६ मा ९ सय १४ सवारी दुर्घटनामा परी ४ सय ९६ जनाले ज्यान गुमाएका छन् ।
यस्तै आर्थिक वर्ष ०७६।७७ मा १ हजार ३ सय ४० सवारी दुर्घटनामा परी ४ सय २० जनाको ज्यान गएको छ । यो संख्या आर्थिक वर्ष ०७५।७६ को सवारी दुर्घटनामा भन्दा ४६.६० प्रतिशतले बढि हो, भने मानिसको मृत्युमा १५.३१ प्रतिशतले कमि आएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैया बाराका प्रमुख प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले जानकारी दिनु भयो ।
मानिसहरुमा जनचेतना भएको तर, कानुन कार्यन्वयन फित्तलो भएका कारण सर्वसाधारणमा मनपरि गर्ने प्रबृतिले दुर्घटनाको संख्यामा बृद्धि भएको प्रहरी उपरिक्षक महतोले बताउनु भयो । चालु अर्थिक वर्षको असोजको दोस्रो हप्तासम्मको तथ्याँक अनुसार ६ महिनामा ६ सय ७९ दुर्घटनाबाट ७१ ले ज्यान गुमाई सकेको प्रमुख महतोले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech