Close This

अधिकारकर्मीको पहलमा बाल बिबाह रोकियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१७ गते   ७५१ पटक हेरिएको

अधिकारकर्मीहरु नावालिका नाम परिवर्तन(सिता) संग

सर्लाहीको इश्वरपुरमा हुन लागेको बाल बिवाह अधिकारकर्मीहरुको पहलमा रोकिएको छ । इश्वरपुर नगरपालिका ७ का बिरेन्द्र पुर्वे(महतो)की छोरीलाई उनकै फुपाजु लालबन्दी नगरपालिका १७ वस्नेले ललाई फकाई गरि भारतमा लगेर  भारतकै केटासंग बिवाह गर्दीन खोजेको भन्ने सुचनाको आधारमा पुगेको मेची– महाकाली बुहारी संयुक्त आवाज सर्लाहीका अधिकारकर्मीहरुको टोलीले बाल बिबाह रोकेको हो ।
मेची– महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षकी नाम परिवर्तन सिता महतोको बिबाह रोक्न पुगेको अधिकारकर्मीहरुको टोलीमाथी फुपाजु भनीनेले आक्रोस समेत व्यक्त गरेका थिए ।  बालिकाको फुपाजुले भारतीय नागरिक आफ्नो अर्काे नातेदारसंग बिबाह गरिदिन लागेको साथै केटी पक्षबाट रु १ लाख ५० हजारसमेत लिएको बालीकाका हजुरवुवा ठगाहा पुर्वे(महतो)ले बताएका छन् । 
बेटी पढाउ,बेटी बचाउँ अभियान चलि रहेको प्रदेशमा नै नावालिकाहरुको बिवाह हुनु, दाइजो लिनेदिने कार्य नरोकिनु दुख्त खबर भएको  मेची– महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी सह संयोजक  अन्जना पन्त कडरियाले बताउनु भयो ।  घरको परिवारिक स्थिती निकै नाजुक रहेको, सिताकी ममिले अर्काे बिवाह गरि सक्नु भएको, उनि आफ्ना हजुर वुवा,हजुर आमासंग बस्दै आएकी,उनका बाबुले वास्ता नगरिदिने गरेको र काका ककीले उनको राजखुसीमा बिवाह गरिदिन लागेको उनका परिवारजनले बताएका छन् । तर १४ वर्षिय सिताका अनुसार आफु पढ्न चाहेको भएपनि पारिवारीक कारणले आफ्नो सानै उमेरमा बिवाह गर्दीन लाग्नु भएको बताएकी मेची– महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी सचिव अम्बिका बुढाथोकी (राउत)ले बताउनु भयो । अधिकारकर्मीहरुले बाल बिबाह रोक्न भन्दै प्रहरीमा उजुर समेत गरेको बताएका छन् । यहि माघ २२ गते हुने भनिएको बिबाह अधिकारकर्मीहरुले रोकेका हुन ।
स्थानिय प्रहरी सहित पुगेको अधिकारकर्मीहरुको टोलीले सिताको घरमा पुगेर बीस वर्ष नपुगि बिहान नगर्न बरु सितालाई पढ्ने वातावरण सृजना गर्न आफुहरुले पनि पहल गरि दिने बताएका छन् । घरको परिवारिक स्थिती कमजोर रहेको र आफु पनि बुढो भएका कारण उनको चाँडै बिवाह गरिदिन लागेको उनका हजुर बुढा ठगाहा पुर्वे(महतो)ले बताएपछि अधिकारकर्मीहरुले पढ्ने वातावरण सृजनागरि दिन पहल गर्ने बताएका छन् । भने उनिहरुलाई बालबिबाह गैर कानुनी रहेको र बालबिबाह गर्नेलाई कानुन अनुसार कार्बाही हुने बताएका मेची– महाकाली बुहारी संयुक्त आवाज सर्लाहीकी उपा अध्यक्ष मिना भण्डारीले बताउनु भयो ।स्थानिय प्रहरी सहित  मेची– महाकाली बुहारी संयुक्त आवाज सर्लाहीका अधिकारकर्मीहरु रमा काफ्ले,संयोजक, अन्जना पन्त सह संयोजक,मिना भण्डारी उपा अध्यक्ष,अम्बीका बुढाथोकी(राउत) सचिव, रोशनी कार्की सह सचिव,निशा बानियँ,सहकोषा अध्यक्ष,अम्बीका बुढाथोकी प्रेस सल्लाहकार र गीता राउत तथा अन्जना नेपाल सदस्यहरुको उपस्थिीती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech