नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवा अन्तर्गतको क्षेत्रमा विद्युतीक मर्मत सम्भारको काम गर्न भन्दै शनिबार(आज) विहान ८ बजेदेखि बत्ती काटिने भएको छ ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवाले एक सूचना जारी गर्दै शनिबार(आज) बिहान ८ बजेदेखि दिउँसो ४ बजे सम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
लालबन्दी नगरपालिका १ स्थित नवलपुर ग्रिड सवस्टेशनदेखि बरहथवा सवस्टेशनसम्म संचालित ३३ केभी प्रशारण लाइनमा टुटफुट भएको पिनडिक्स बदली र हांगाबिंगा(बुस) काट्नका लागि विद्युत प्राधिकरण वितरण केन्द्र बरहथवा अन्तर्गतको सबै क्षेत्रमा बत्ती अवरुद्ध हुने जनाइएको छ ।
यस्तै वितरण केन्द्र लालबन्दी अन्तर्गतको हरिपुर फिडरबाट वितरण क्षेत्रको बत्ती पनि ६ घण्टा अवरुद्ध हुने भएको छ । हरिपुर फिडरबाट बत्ती छाडिएको ईश्वरपुर नगरपालिकाको विभिन्न भाग,हरिपुर नगरपालिकाको विभिन्न भाग र लालबन्दी नगरपालिकाको विभिन्न भागमा शनिबार(आज) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।