कविलासीमा सहकारी लेखा र नेतृत्व विकास तालिम सम्पन्न

308 Shares

सर्लाहीको कविलासी नगरपालिकामा “सहकारी लेखा र नेतृत्व विकास तालिम”सम्पन्न गरिएको छ।कविलासी नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारी लेखा(ऋइएइःक्ष्क्) र नेतृत्व विकास तालिम” सोमबार कविलासी नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।सहकारीको विकासका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको तालिमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम नगर प्रमुख ब्रम्हदेव रायले बताए ।उनले यस्ता तालिमहरूले सहकारी क्षेत्रलाई अझ सशक्त बनाउने विश्वास समेत व्यक्त गरे ।
सहकारीहरूलाई पारदर्शी लेखा प्रणाली अपनाउन र स्थानीय स्तरमै आर्थिक सशक्तीकरणमा टेवा पु¥याउन “सहकारी लेखा र नेतृत्व विकास तालिम”को आयोजना गरिएको आयोजकले जनाएको छ ।तालिममा सहकारी संस्थाका प्रतिनिधिहरूलाई लेखा प्रणालीको डिजिटलीकरण, पारदर्शिता र प्रभावकारी नेतृत्व विकास सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।
सहकारी संस्थाहरूले समुदायको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता तालिमहरू निरन्तरता दिनुपर्नेमा तालिममा सहभागीहरुले जोड दिए ।कार्यक्रममा कविलासी नगरपालिकाका नगर प्रमुख राय सहित कार्यपालिका सदस्य विनय कर्ण,सहकारीकर्मी भरत महतो लगायत विभिन्न वडाका सहकारी प्रतिनिधिहरू,कर्मचारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 

सम्बन्धित समाचार