Close This

असहायलाई सहयोगदेखि वृद्धा आश्रममा फलफुल वितरण गरी १०७ औँ विपी जन्म जयन्ति मनाइयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२४ गते   ३३३ पटक हेरिएको

विशेश्वर प्रसाद कोइराला (विपी) को १०७ औँ जन्म जयन्ति वुधवार सर्लाहीमा पनि विविध कार्यक्रम आयोजना गरि मनाइएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीको जन्म जयन्तिको अवसरमा असहायहरुलाई सम्मान, अन्तरक्रिया र वृद्ध आश्रमका वृद्धबृद्धाहरुलाई सम्मान गरेर १०७ औँ विपी जन्म नयन्ती मनाईएको विपी कोइराला युवा नेतृत्व विकास मञ्च, सर्लाहीका अध्यक्ष मनोज बख्रेलले जानकारी दिनु भयो ।
मञ्चकै आयोजनामा लालबन्दी नगरपालिका–७, की अति विपन्न एकल महिला शोभा दाहाललाई खाद्यान्न वितरण गरिएको छ । यसैगरी पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा वडा नं. १० का असहाय दलबहादुर विश्वकर्माको घर निर्माण गर्न ५ हजार रुपैयाँ नगद प्रदान गर्नुका साथै खाद्यान्न सहयोग गरिएको मञ्चले जनाएको छ ।
यस्तै कांग्रेस क्षेत्र नं. १ ले ईश्वरपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी पार्टीका संस्थापक नेता विपीको सम्झना गरेको क्षेत्रीय सभापति प्रमोद बरालले जानकारी दिनुभयो । विपी जयन्तिकै अवसरमा नेविसंघ जनज्योति बहुमुखी क्याम्पस समिति लालबन्दी र सुखेपोखरी क्याम्पस समिति हरिवनले पनि  संयुक्त रुपमा विपीका सहयात्री बासुदेव शरण कोइरालाको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका २ जुटपानीको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका वृद्धबृद्धालाई फलफुल वितरण गरिएको नेविसंघले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech