मदन भण्डारीमा ट्रकको ठक्करबाट एकको मृत्यु,एक घार्ईते

261 Shares

मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ९ बथान चौडी नजिकै ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाईते भएका छनन् ।मदन भण्डारी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालि का ९ बथान चौडी नजिकै विराटनगरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ००६ ख ९६४४ नम्बरको ट्रकले दुई जना पैदलयात्रीलाई ठक्कर दिएकोमा कमलामाई नगरपालिका ९ का अन्दाजी ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार सोही ठाउँका अन्दाजी ६४ वर्षीय टेक प्रसाद दाहाल घाइते भएका र उनको बर्दिबास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भर्ई रहेको छ ।

28-08-2025-68b074c821fc5-t.jpg
दुर्घटना पछि ट्रक अनियन्त्रित भई सडकको दाहिनेपट्टि रहेको घरमा ठोक्किँदै कोल्टे परेको थियो।उक्त घटनामा घरसमेत क्षति पुगेको छ ।घरको गारोले दबिँदा करिब २० वटा कुखुरा मरेको समेत जनाइएको छ।घटनास्थलमै इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक टंक बहादुर कार्कीको नेतृत्वमा ट्राफिक प्र्रहरी सहितको टोली पुगेका थिए।दुर्घटनामा संग्लग्न सवारी साधन र चालक ईलाका प्रहरी कार्यालय भिमानको नियन्त्रणमा रहेको छ ।
पछिल्लो समय वि.पी.राजमार्ग,मदन भण्डारी राजमार्ग र मध्य पाहाडी राजमार्ग सञ्चालनमा आएपछि सिन्धुलीमा दुर्घटनाको जोखिम बढेको स्थानीय जानकारहरु बताउँछन् ।जसका कारण धेरै पैदल यात्रीहरुका साथै स्थानीय सर्वसाधरणले अकालमा ज्यान गुमाउनु परेको छ।तर त्यसतर्फ सरोकारवाला निकायको ध्यान नपुगेको उनीहरुको आरोप छ ।सडकको अवस्था बैज्ञानीक नहुनु,जीर्ण सकड हुनुका साथै सवारी साधनहरुको अनाधिकृत प्र्रयोगले सडक दुर्घटना बढेका पाइएको छ।यस तर्फ सरोकारवाला निकाययले समयमैै ध्यान पुर्याउनु  आवश्यक रहेको स्थानीय बताउँछन् ।

सम्बन्धित समाचार