सर्लाहीमा निर्वाचनको सबै तयारी पुरा ः ढुक्क भएर मतदान गर्न प्रजिअ गौतमको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२ गते   १९३ पटक हेरिएको

सर्लाहीमा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री र टोली खटाइ सकिएको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताए । जिल्लामा ३ सय १२ वटा मतदान स्थल रहेका छन् । भने ६ सय वटा ६ सय वटा मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए ।
 जिल्लामा सुरक्षाका हिसाबले कुनै कमी हुन नदिन आवश्यक प्रबन्ध मिलाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई हेरेर जिल्ला भर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ गौतमले बताए ।
मतदान स्थल र केन्द्र लगायत आवश्यक सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी,दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने गरी व्यवस्थापन गरिएको मुख्या निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
 प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लामा राम्रो शान्ति सुरक्षाको व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे । ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि २० वटा स्थानिय निकाय रहेको सर्लाहीमा २ सय वटा वडाहरु रहेका छन् ।
सर्लाहीमा ४प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्यका लागि २ सय २ जना उम्मेदवार हरु चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि सर्लाही १ मा ७ जना विभिन्न पार्टीबाट र १२ जना स्वतन्त्रबाट गरी १९ जना ,सर्लाही २ मा ९ जना विभिन्न पार्टीबाट र  ८ जना स्वतन्त्रबाट गरि १७ जना,सर्लाही ३ मा ७ जना विभिन्न पार्टीबाट र ६ जना स्वतन्त्रबाट गरि १३ जना उम्मेदवारहरुलाई मंसिर ४ गते मतदान हुँदैछ ।
त्यसैगरी सर्लाही ४ मा ११ जना विभिन्न पार्टीबाट र ९ जना स्वतन्त्रबाट गरि १७ जना उम्मेदवार रहेका छन् । ४ लाख ७९ हजार ३८ जना मतदाताहरुले मंसिर ४ गते मतदान गरि ४ प्रतिनिधि सभा सदस्य र ८ प्रदेश सभा सदस्यहरुलाई प्रत्यक्ष तर्फ मतदान गर्दैछन् ।
जिल्लामा निर्वाचन गराउँन मतदान केन्द्रमा ४ हजार ८ सय २० कर्मचारी खटाइएको छ । जिल्लाका ६ सय वटा स्थायी मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्र गरी जम्मा ६०३ मतदान केन्द्रमा ११ जना जगेडा कर्मचारीसहित ४ हजार ८ सय २० जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको  छ । जगेडा कर्मचारीहरूमा ११ जना मतदान अधिकृत रहेका छन् ।
४ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा ६ सय १४ मतदान अधिकृत, ६ सय सहायक मतदान अधिकृत, ३ हजार ३ सहायक कर्मचारी र ६ सय ३ सहयोगी कर्मचारी मतदान गराउन खटाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech