चुनाव प्रचार प्रसारमा हिडेको स्कारपियोमाथी तोडफोड

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-१८ गते   ४३० पटक हेरिएको

सांकेतीक तस्वीर

सर्लाहीको बागमती नगरपालिका २ धरहरामा चुनाव प्रचारप्रसारमा हिडेको स्कारपियो माथी ढुंगा प्रहार भएको छ । नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् सर्लाही ३ बाट समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यकी उम्मेदवार माया वल चढेको भारतिय नम्बर विआर ०१ पिके ४०३७ नम्बरको स्कारपियो माथी आफुलाई विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता बताउने एक स्थानियले शुक्रबार साँझ करिब ६ बजे ढुंगा प्रहार गरि तोडफोड गरेका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
स्कारपियो हरिवनबाट चुनाव प्रचार प्रसार गर्दै बरहथवा तर्फ जाने क्रममा नयाँ रोड बरहथवा सडकखण्ड स्थित बागमती नगरपालिका २ धरहरा चोकमा स्कापियो माथी अचानक ढुंगा प्रहार हुँदा स्कारपियोको सिसा फुटेको छ भने मानविय क्षेती नभएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए ।
उनका अनुसार स्कापियो माथी तोडफोड गर्ने एक स्थानियलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान जारी रहेको छ ।
यता,नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले नेकपा(माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् सर्लाही ३ बाट समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यकी उम्मेदवार माया वल चढेको स्कारपियो माथी ढुंगा प्रहार गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विप्लव समुहका नेता कुमार पौडेलका भाई हरिकृष्ण पौडेल रहेका बताए । साथै उनले पौडेलले स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा पनि नेकपा(माओवादी केन्द्र)को तर्फबाट हरिवन नगर प्रमुख पदका उम्मेदवार नेकपा(माओवादी केन्द्र)सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल)माथी पनि आक्रमणको प्रयास गरेका बताए ।
यता, उनी शहिद परिवारका भाई भएपनि आफ्नो पार्टीको कुनै कमिटिमा नरहेका र उनले शुक्रबार साँझ गरेको हर्कत पार्टीको निर्णय विपरित रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सर्लाही सेक्रेटरी जनक राउतले बताए ।उनले पार्टीले शान्तीपुर्ण रुपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको भएपनि तोडफोड गर्ने कुनै निर्णय नभएको र पार्टीको निर्णय विपरित कुनै व्यक्तिले व्यक्तिगत स्वार्थ तथा रिस रागलाई साँध्न गर्ने निर्णयको जवाफ आफ्नो पार्टीले नदिने पनि बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech