Close This

विद्यार्थी राजनीतिलाई प्रतिबन्ध लगाउन अखिल(क्रान्तीकारी) की अध्यक्ष सिंहको विवेकशील का अध्यक्ष मिश्रलाई चेतावनी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२० गते   ८७९ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) की उपाध्यक्ष पञ्चा सिंहले विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिनु भएको छ । अध्यक्ष सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिनु भएको हो ।
पद्मकन्या क्याम्पसमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अध्यक्ष सिंहले विद्यार्थी राजनीतिमाथि धावा नबोल्न विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई सचेत गराउनु भएको हो । विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले एक कार्यक्रममा बोलेको कुरालाई लक्षीत गर्दै अध्यक्ष सिंहले सडकको मोर्चा खाली देखेर मण्डलेहरू सलबलाउन खोजेको बताउँदै अहिले पनि सडकको मोर्चा विद्यार्थीले समालिरहेको दाबी गर्नु भयो । 
‘सडक खाली छैन। सडकमा अखिल (क्रान्तिकारी) छ, नेविसंघ छ, अखिल र समाजादी विद्यार्थी युनियनसहित दर्जनौं विद्यार्थी संगठन अहिले पनि मैदानमै छन्। मुलुकको पौने एक करोड विद्यार्थीको  संगठनको तागतलाई कम नआक्नूहोला’, अध्यक्ष सिंहले मिश्रलाई चुनौति दिँदै भन्नु भयो ।‘रविन्द्र मिश्रले जावलाखेलको कार्यक्रममा कलेज र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्किपूर्ण नारा पोतिएको ब्यानर अघि उभिएर हाम्रो आन्दोलन र परिवर्तन विरूद्ध बोल्नुभयो, म चेतावनी दिन चाहन्छु दरबारलाई ढालेर आएको यो आन्दोलनलाई दरबारका भारदार र सेवकले नजिस्काउन्।’ उहाँले चेतावनी दिनु भयो ।
विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँग लडेको इतिहास पढ्न सुझाव दिँदै उहाँले प्रश्न  गर्नु भयो ।‘विद्यार्थी संगठनसामु मिश्रका दरबारिया मालिकहरुले घुँडा टेके। तर संगठनलाई प्रतिबन्ध गर्न सकेनन् , मिश्रहरूले कसरी यो आन्दोलन र संगठनलाई खारेज गर्न सक्छन?’हेरौँला बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech