वि.पी राजमार्गमा निर्माणका तीन विकल्प

71 Shares

वि.पी राजमार्गको पुनर्निर्माण गर्न तीन वटा विकल्प प्रस्ताव गरिएको छ।असोज ११ र १२ गतेसम्मको भीषण वर्षापछि बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गका विभिन्न स्थानमा करिब १२ किलोमिटर सडकखण्डमा क्षति पु¥याएको छ ।पहिलो उच्च पुल निर्माण गर्ने,दोस्रो विकल्पमा अहिले भएको पहाडको भित्तातर्फ नयाँ ट्र्याक निर्माण गर्ने र तेस्रो विकल्पमा जमिन सतहबाट माथिसम्म भित्ता उठाएर सडक निर्माण गर्ने गरी छलफल भइरहेको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए । 
उनले तीन विकल्पका अप्ठ्याराबारे व्याख्या गर्दै पहिलो विकल्प अनुसार उच्च पुल निर्माण धेरै महँगो पर्ने,दोस्रो विकल्प अनुसार भित्तो खोस्रिँदा बाढीले बगाएर लाने सम्भावना रहेको र लागत र सजिलोको दृष्टिले जमिन सतहबाट भित्ता उठाएर सडक निर्माण गर्नु नै अहिलेको अवस्थामा उचित विकल्प हुन सक्ने बताए ।उचित विकल्प देखिए पनि अहिलेसम्म निष्कर्षमा पुग्न नसकिएको साथै विकल्पबारे पनि अहिले अध्ययन भइरहेको मन्त्री दाहालले बताए ।

सम्बन्धित समाचार