साउनमा करिब दुई करोडको अवैध सामान नियन्त्रणमा,लाईन नपाउनेहरुको सामान नियन्त्रणमा लिएको व्यापारीहरुको आरोप

430 Shares

जिल्ला प्रहरी कार्यालय,सर्लाही र मातहतका प्रहरी कार्यालयहरुले साउनमा करिब दुई करोड बराबरको अबैध भन्सार छलीका समानहरु बरामद गरेका छन्।साउनमा सर्लाही प्रहरीले अन्दाजी मुल्य रु एक करोड ७९ लाख ४८ हजार सात सय ३० बराबरको अबैध भन्सार छलीका समानहरु बरामद गरी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले मंगलबार जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
“२०८१ साउन १ गते देखि साउन ३२ गते सम्म जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतका  प्रहरी इकाईहरुबाट समेत खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमका मोबाईल,किराना समान,लता कपडा,खाद्य पदार्थ,ईलेक्ट्रोनिक्स सामानहरु,कस्मेटिक सामानहरु,मेसिनरी पार्टसहरुका साथै कुखुराका चल्ला र सवारी साधनहरु समेत गरी अन्दाजी मुल्य रु एक करोड ७९ लाख ४८ हजार सात सय ३० बराबरको मालसमानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।” जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठको हस्ताक्षर गरी जारी गरिएको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पछिल्लो समय जिल्लाका सिमानाकाहरुमा प्रहरीले कडाई गरेपनि लुकीछिपी अवैध तरिकाबाट नेपाल  ल्याइएका भन्सार छलीका सामानहरु नियन्त्रणमा लिन सर्लाही प्रहरी सक्रिय रहेको छ । तर जिल्लामा ठूलो संख्यामा सादा पोशाकका प्रहरी कर्माचारीहरु परिचालन गरि असुलीको लाईन मिलाउने काम समेत भएको र लाईन लिन कमिसन नदिने व्यापारीहरु र सर्व साधारणहरुको सामान प्रहरीले नियन्त्रणमा लिने गरेको व्यापारीहरु नै बताउँछन् ।
कसरी गरि रहेको छ प्रहरीले काम ?
सर्लाहीको इश्वरपुर नगरपालिका ६ स्थित रहेको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका घुमुवा प्रहरी सहायक हबल्दार अर्जुन सिंह चर्काे कमिसन असुलीमा लागेको पाइएको छ।आवश्यक सूचनाहरु संकलन गर्नका लागि भन्दै प्रहरीको नियमावली विपरित सञ्चालित सादा पोशाकका घुमुवा प्रहरी कर्माचारीहरु सूचना संकलनको सट्टा रकम संकलनमा लागेपछि प्रहरी संगठनको शाखमा समय समयमा प्रश्न चिन्ह खडा हुने गरेको छ ।
बागमती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक ईश्वरपुर नगरपालिका स्थित बयलवासमा धान लोड गर्न गएको तर धान लोड नभए पछि खाली फर्किने क्रममा ईश्वरपुर नगरपालिका ५ फुलजोरमा शनिबार राती करिब ११ बजे अस्थायी प्रहरी पोष्ट फुलजोरले नियन्त्रणमा लिएपछि छलफल गर्दै जाँदा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका घुमुवा प्रहरी सहायक हबल्दार सिंहले विच सडकमा ट्रक रोक्न खोज्दा नरोकेपछि नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोष्ट फुलजोरमा राखिएको पाइएको हो ।
कविलासी नगरपालिका ७ का रन्जित महतोको नाममा रहेको उक्त ट्रकले केही दिन पहिला दुई सय बोरा विल विजक नभएको भन्सार छलीको चिनी लिएर सर्लाहीबाट सिन्धुली तर्फ जाने क्रममा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।प्रहरीले नियन्त्रणमा लिएको उक्त चिनी लोड भएको ट्रक राजश्व कार्यालय पथलैया पठाएको र करिब साँढे नौ लाख ६५ हजार जरिवाना र ५० हजार कमिसन लिएर त्यहाँबाट छुटेको छ ।
सो समयमा पनि साउन २२ गते ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका घुमुवा प्रहरी सहायक हबल्दार सिंहले गाडीधनीका काका दिनेश महतोसंग रु २२ हजार ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक मान प्रसाद श्रेष्ठको नाममा कमिसन बुझेका गाडीधनीका काका दिनेशले बताए।सहायक हबल्दार सिंहले २२ हजार पनि लिएका र गाडी पनि नियन्त्रणमा लिएपछि सो रहस्य बाहिरिएको हो ।
साझा पोशाकमा रहेका घुमुवा सहायक हबल्दार सिँहले विच सडकमा ट्रक रोक भन्दा ट्रकका चालक हरिपुर नगरपालिका ७ स्थित चितायनका नरेन्द्र चौधरीले रातीको समय र साझा पोशाकमा देखिएका मानिस शंकालागि नरोकेको वाहनामा लखेटेर फुलजोरमा आई सहायक हबल्दार सिंहले चालक चौधरीलाई हातपात गरि फुलजोरबाट ट्रक नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोष्ट फुलजोरमा राखेपछि ट्रकधनी महतो चिन्तित देखिएका छन् ।
विगत पाँच वर्षदेखि ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा रहेका सहायक हबल्दार सिंह करिब दुई महिनादेखि घुमुवाको रुपमा सादा पोशाकमा फिल्डमा खटेर कमिसन असुलीमा लागेका छन्।जिल्लाको संग्रामपुर,नारायणपुर,पर्साका साथै त्रिभुवननगरबाट बसमा बयलवास सम्म भन्सार छली चिनी आउने गरेको साथै मलंगवाबाट समेत चिनी लगायतका सामानहरु भन्सार छली नवलपुर र लालबन्दी समम आउने गरेको पाइएको छ।व्यापारीहरुले भारतबाट भन्सार छली चिनी नेपाली बोरामा हालेर जिल्लाका बजारहरुका साथै सिन्धुलीदेखि काठमाण्डौँका साथै दोलखा सम्म जाने गरेको पाइएको छ ।

सम्बन्धित समाचार