ओलीले प्रधानमन्त्री टिकाउन संविधान संसोधनको जलप लगाए : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

373 Shares

अहिलेको गठबन्धन सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रीक तरिकाबाट आएको र सरकारमा दुई तिहार रहँदा पनि हतार हतारमा संसद चल्न छ दिन बाँकी छदै अध्यादेश ल्याउने सरकार निरंकुशता तिर लागेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड)ले बताए।उनले ३०÷३५ वर्ष सरकार चलाएका नेकपा(एमाले) र नेपाली कांग्रेसलाई सांसद चल्न छ दिन बाँकी छदैँ अध्यादेश ल्याउन हतार गर्नु लामो समय जनताले लडेर ल्याएको संघीय लोकतान्त्रीक गणतन्त्र  र जनताको संविधान माथि घात पुग्नु रहेको समेत बताए ।जनयुद्धलाई शान्ति प्रकियामा लैजाने,जनताको संविधान बनाउने र युगान्तकारी परिवर्तनको नेतृत्व गरि समाजवाद तर्फ लैजान पनि माओवादी केन्द्रको विकल्प नरहेको बताउँदै गठबन्धन सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने समेत दाबी गरे ।

WhatsApp Image 2025-02-10 at 9.16.20 PM (2).jpeg
प्रधानमन्त्री टिकाउन जनताको संविधान च्यात्ने चेष्टमा अहिलेको गठबन्धन भ्रष्ट सरकार लाग्ने हो भने नेपाली जनतालाई त्यो स्वीकार्य नहुने र नेपाल बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक र बहुराजनीतिक साथै बहु भौगोलिक विशेषताको देश भएकाले अवपनि तानाशाही,निरंकुश र एकतन्त्रीय शासन व्यवस्था चलाउँने चेष्टा गर्नु जनतालाई स्वीकार नहुने माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए।

WhatsApp Image 2025-02-10 at 9.16.20 PM (3).jpeg
माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले भ्रष्टाचारका विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै सुशासन कायम गराउने ठुलो कसरत गरेको साथै गरिब देशहरु धनी देशहरुको थिचोमिचोमा परि रहेको विषयमा कडा रुपमा लाग्दा,दलाल,पुजिपतिहरु,विचौलिया र भ्रष्टहरुले माओवादी केन्द्रको नेतृत्वको सरकार ढालेका बताउँदै अब जनताको तागतमा फेरि माओवादी केन्द्र माथि जाने समेत माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले दाबी गरे ।

WhatsApp Image 2025-02-10 at 9.16.20 PM (4).jpeg
महोत्तरीको बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थित रहेको आधारशिला संस्थाको २२ औँ वार्षिकउत्सवलाई सम्बोधन गर्न महोत्तरी आएका माओवादी केन्द्र माथि जाने समेत माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले समाजवाद तर्फ लैजान अहिले माओवादी केन्द्र र क्रान्तिकारी घटकहरु विच कार्यगत तथा पार्टीगत एकता गर्दै लैजाने विषयमा पनि गम्भीर रुपमा छलफल भई रहेको समेत बताए ।

WhatsApp Image 2025-02-10 at 9.16.20 PM (5).jpeg
नेकपा(एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान खारेज गर्न चाहेका आरोप लगाउँदै माओवादी केन्द्र माथि जाने समेत माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको उप निर्वाचनको मत परिणाम देखेर अहिलेको गठबन्धन सरकार झस्कीएको समेत बताए ।

WhatsApp Image 2025-02-10 at 9.16.20 PM (7).jpeg
“हामीले धेरै पटक भनि नै सकेका छौं।उनीहरुको चाहना आन्दोलन,परिवर्तन सबै बर्बाद होस्,संविधान नै खारेज होस र गर्न सकियोस भन्ने छ।यसअघि पनि दुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही हो।जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै हुन।मैले देशभरका जनताका लागि दुई पटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो।तर,एमाले अध्यक्ष एवम हालका प्रधानमन्त्री ओलीले रोके।अनि अहिले संविधान संसोधनको जलप लगाएर प्रधानमन्त्री टिकाउन र नेपाली जनतामाथि कुठाराघात गर्ने तयारी गरेका छन् ।त्यो नेपाली जनतालाई स्वीकार्य हुँदैन्।”माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री  प्रचण्डले बताए ।अहिलेको सरकारले ल्याएको अध्यादेश जनता समाजवादी पार्टी(जसपा)नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने समेत उनले दाबी गरे ।

WhatsApp Image 2025-02-10 at 9.16.20 PM (8).jpeg
उनले जनयुद्ध उत्कर्षमा रहेको समयमा समाजवादका भ्रुणहरुको विकास गर्ने र उत्पीडित वर्गको व्यवस्थापन गर्न विभिन्न जिल्लाहरुमा स्थापना गरिएको एउटा महत्वपूर्ण भ्रुण आधारशिला रहेको बताउँदै फागुन १२ गतेबाट हुलाकी राजमार्ग विशेष नयाँ अभियान सञ्चालन गर्न लागेको र माओवादी केन्द्र भित्र कुनै गुटउपगुट नरहेको समेत प्रष्ट पारे ।
आधारशिलाको वैचारीक कार्यक्रमलाई सम्बोधन गर्दै”माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री  प्रचण्डले माओवादी केन्द्रका जनप्रतिनिधिहरु निर्वाचित भएका देशभरका एक सय २३ वटा पालिकाहरुको विशेषताको विज्ञहरुबाट अध्यायन गराएर सोही अनुसार समाजवाद कायम गराउन समुदायसंग मिलेर काम गर्ने विषयमा पार्टीमा छलफल भएको साथै आत्मानिर्भर जनता बनाउँदै लैजाने अभियान प्रभावकारी रुपमा अगाडि लैजाने समेत बताए । 
यता,नेपाल बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक र बहुराजनीतिक देश भएकाले समाजवाद स्थापना गर्नका लागि अर्काे आन्दोलनको तयारी भई रहेको माओवादी केन्द्रका उप महासचिव एवम पुर्व मन्त्री  गिरिराजमणि पोखरेलले बताए।उनले समाजवाद कुनै अनौठो विषय नरहेकाले अवको यात्रालाई समाजवाद तर्फ लैजान क्रान्तिकारीहरु तथा परिवर्तनशिलहरु मिलेर जानुको विकल्प नरहेको समेत बताए ।उप निर्वाचनले माओवादी केन्द्रलाई सुधारात्मक बाटोमा जान जनताले संकेत गरेका बताउँदै अब राजनीतिक भाषणले मात्रै परिवर्तन सम्भव नभएको समेत उप महासचिव पोखरेलले बताए।“बाँदरको हातमा नरिवल र कांग्रेस एमालेको हातमा देश”एउटै रहेको समेत उनले टिप्पणी गरे । 
त्यसैगरी,ओलीको दम्भका कारण कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार टिक्न नसकेको माओवादी केन्द्रका उपमहा सचिव एवम मधेश प्रदेश ईन्चार्ज मातृका यादवले बताए।उनले माओवादी केन्द्र सच्चा क्रान्तिकारीहरु र परिवर्तनशिलहरुको पार्टी रहेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारबाट जनतामा आशा पलाएको समेत दाबी गरे।बाहिरि रुपमा माओवादी केन्द्रमा गुट उप गुट रहेको हल्ला गरिएको भएपनि माओवादी केन्द्रमा त्यस प्रकारको गुट उप गुट नरहेको समेत माओवादी केन्द्रका उपमहा सचिव एवम मधेश प्रदेश ईन्चार्ज यादवले बताए।

सम्बन्धित समाचार