Close This

रामनगर घटनाको दोषिलाई कार्बाहीको माग गर्दै नेकपा सर्लाहीद्धारा प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१६ गते   ४५५ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रामनगर घटनाको निश्पक्ष छानविनको माग गर्दै भएको नेकपाको प्रदर्शन

जिल्लाको रामनगर गाउँपालिकामा एक साताअघि भएको हत्याको घटनालाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलबार जिल्लाभर एकै साथ प्रदर्शन गरेका छन् ।
घटनाका दोषीलाई यथाशीघ्र कारवाहीको माग गर्दै पीडित पक्षलाई न्याय दिलाउन प्रदर्शन गरिएको नेकपा सर्लाहीले जनाएको छ । रामनगर गाउँपालिकाका स्थानीय नेकपा नेता ६० वर्षीय रामजल रायको एक हप्ताअघि अज्ञात व्यक्तिले हत्या गरेका थिए । मृतकको शव आइतवार सम्म पनि जिल्ला अस्पतालमा राखिएको थियो ।


हत्या जस्तो जघन्य अपराधको घटनालाई राजनीतिकरण नगरी छानबिन गर्न पनि नेकपा सर्लाहीले माग गरेको छ । साथै नेपाली कांग्रेसले घटनालाई निश्पक्ष छानविन गर्न अवरोध गरि नेकपाका नेता तथा कार्यकर्ताहरुमाथी आक्रमण समेत गरेको छ ।  
धनकौलमा दुई पक्ष बिबाद भई गोली चल्दा दुई प्रहरी समेत गरी २० जना घाइते भएका छन ।धनकौल गाउँपालिका वडा नं. २ हरकठवामा आइतवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँगे्रसका कार्यकर्ताबीच झडपमा भएपछि झडपमै गोली चल्दा दुई प्रहरी सहित २० जना घाईते भएका सर्लाही प्रहरीले जनाएको छ ।
घटनालाई कुनै पनि पक्षबाट तोडमोड नगरी अनुसन्धान अघि बढाउन माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिनु भयो । साथै नेकपाका नेता तथा कार्यकर्ताहरुमाथी भएको आक्रमणको पनि नेकपा सर्लाहीले घोर भत्सर्ना गरेको छ । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्ष रामनरेश महतोलाई नियन्त्रणमा लिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech