नेकपा(माओवादी केन्द्र) सर्लाहीले आफ्नो पार्टीबाट निर्वाचित भएका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापालाई विशेष अदालतले दोषी ठहर गरेपछि ध्यानाकर्षण भएको जनाएको छ ।२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा अत्यधिक बहुमतका साथ लगातार दुई पटक निर्वाचित भएर आएदेखि बागमती नगरपालिका क्षेत्रमा भएको विकास निर्माणका साथै
बागमती नगरपालिकामा भएका संरचनात्मक,सामाजिक र आर्थिक कायपलटको प्रत्यक्ष अवलोकन गरी स्थानीय जनताको आवाज र विकासको वास्तविकताका आधारमा निर्णय गर्न आग्रह माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा उल्लखे गरिएको छ ।

उक्त विज्ञप्तीमा बागमती नगरपालिकाको नेतृत्व गर्दै आएका नगर प्रमुख थापाले नेकपा(माओवादी केन्द्र)को तर्फबाट भएको विकास,शिक्षा,स्वास्थ्य,बाटो घाटो तथा दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित तालको निर्माण गरी पर्यटन प्रवर्धनका साथै आन्तरिक आय स्रोत र रोजगारी सृजना गर्न सुरु गरेका थिए ।बागमती नगरपालिकाको विकास र समृद्धि देख्न नसकेर विपक्षीहरुले विभिन्न षडयन्त्र गरी बागमती नगरपालिकाका नगर प्रमुख थापालाई फासउने काममा लागेका उल्लेख गरिएको छ ।
बागमती माछा पोखरी निर्माण गर्दा स्थानीय आन्तरिक आयस्रोतका साथै रोजगारी सृजना गर्ने र पर्यटन प्रवर्धनमा ठूलो टेवा पुगेको साथै भूमिगत जलस्रोत संरक्षणका लागि अपनाइएका नीति तथा कार्यान्वयनले वातावरणीय सन्तुलन कायम राख्ने दिशामा “कोशेढुंगा”को भूमका खेलेको उल्लेख गरिएको छ ।
बागमती माछा पोखरीले बागमतीको मात्रै विकास तथा प्रचार प्रसार नगरेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पनि बागमती सहित मधेश प्रदेश र नेपाललाई परिचित गराउने काम गरेको उल्लेख गर्दै बागमती नगरपालिकाका नगर प्रमुख थापा सहित जनप्रतिनिधिहरु, सरोकारवाला र नगर विकासका कार्यक्रमहरुलाई कुनै पनि रुपमा प्रभावित पार्ने आग्रह पूर्वाग्रह नराखी विचलन हुन नदिने विज्ञप्ती मार्फत माओवादी केन्द्र सर्लाहीले अडान लिएको छ ।