६० हजार धरौटीमा छुटे वडाध्यक्ष मिकरानी

160 Shares

सर्लाहीको मलंगवा नगरपालिका ७ का वडा अध्यक्ष मो.इशा मिकरानी रु ६० हजार धरौटीमा रिहा भएका छन् ।नागरिकता सम्वन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय सर्लाहीले ६२ वर्षीय वडाध्यक्ष मिकरानीलाई आइतबार पक्राउ गरेको थियो । जिल्ला अदालत सर्लाहीले मलंगवा नगरपालिका ७ का वडाध्यक्ष मिकरानीलाई रु ६० हजार धरौटी लिएर साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको हो ।
जिल्ला अदालतको आदेश अनुसार मिकरानीलाई बिहीबार साँझ नै हिरासतमुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले रामविश्वास राय भन्ने व्यक्तिलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको आरोपमा वडाध्यक्ष मिकरानीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई मंसिर ५ गते आदेश दिएको थियो ।

सम्बन्धित समाचार