मधेशको कर्णाली भनेर चिनीने सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलाका स्थानीयले विगत करिब एक सातादेखि जनश्रमदान जारी राखेका छन्।सडक सञ्जालको राम्रो पहुँच नभएको नारायण खोलामा सवारी ासधनहरुलाई सहज रुपमा आवत जावत गर्न सक्ने बनाउने योजना सहित स्थानीयले विगत करिब एक सातादेखि जनश्रमदानमा सडकको स्तरोउन्नती गर्ने काम जारी राखेका स्थानीय भिम पाख्रिनले जानकारी दिए ।उनका अनुसार पछिल्लो स्थानीय सरकारले वेवास्था गरेपछि उत्त क्षेत्रमा बिरामी हुँदा समेत अस्पताल सम्म ल्याउन सहज नभएपछि स्थानीय आफैँ जनश्रमदानमा जुटेर सडकको स्तरोउन्नती गर्ने काम सुरु गरेका हुन् ।
अहिलेसम्म स्थायी सडक नपुगेको नारायणखोलाका स्थानीयहरु सक्रिय भई चुरेपाखाको कच्ची पहिला निर्माण गरिएको तर पछिल्लो स्थानीय सरकारले वेवास्था गरेको सडकको मर्मतका लागि जन श्रमदानमा लागि परेका स्थानीय प्रेम ल्होले बताए ।उनका अनुसार लालबन्दी नगरपालिका १४ को नारायणखोला,हात्तीसुँढे,तोरीबारी,मोथे हुँदै लालबन्दी नगरपालिका १५ चिसापानीदेखि अर्नेडाँडा र छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका सम्म पुग्ने बाटो मर्मतका लागि गाउँबासी मिलेर जनश्रमदान सुरु गरेका हुन।

उत्त बाटोमा यस अघिका लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष सुवाई सिंह ब्लोनको कार्यकालमा सहजै यातायात साधनहरु सञ्चालन भएका भएपनि पछिल्ला वडाअध्यक्ष छेनाम सिंह घिसिङले वेवास्था गर्दा स्थानीय आफैँ जनश्रमदानमा जुटेका हुन। उनीहरुका अनुसार गाउँ भन्दा बाहिरि विभिन्न सिलसिलामा बसेका लालबन्दी नगरपालिका १४ का मानिसहरुले जनश्रमदानमा जुटेका स्थानीयलाई गैंची,बेल्चा,कोदालो लगायतका सामाग्रीहरु र खाजामा सहयोग गरेका छन् ।
नारायणखोलाका स्थानीय अहिले प्राय लखन्देही र डाइनी खोलाको बगर भएर पत्थरकोट हुँदै लालबन्दी बजार आउने गरेका छन्।खोलाको बगर भएर अहिले हिउँदको समयमा सवारी साधनहरु सञ्चालन हुने भएपनि बर्खा लागेपछि नारायणखोला क्षेत्रमा यातायात ठप्प हुन्छन् ।
कुनै वैकल्पिक सडक मार्ग नरहेको नारायण खोलामा बाढी आउँदा पैदल हिँडेर लालबन्दी बजार आउन पनि स्थानीयलाई समस्या पर्छ।लालबन्दी नगरपालिका १४ नारायण खोलालाई लालबन्दी नगरपालिकाबाट खासै वास्ता नभएपछि आफुहरु नै जन श्रमदानमा जुटेको स्थानीयको भनाई छ ।लालबन्दी नगरपालिकाले लालबन्दी नगरपालिका १४ नारायणखोलालाई सधैँ उपेक्षा गरेको स्थानीयको आरोप छ ।