Close This

मन्त्री सिंहद्धारा लालबन्दी १० को पार्टी कार्यालयको उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-७ गते   २६२६ पटक हेरिएको

मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेस लालबन्दी नगरपालिका १० को वडा पार्टी कार्यालय उद्घाटन गर्नु भएको छ । उहाँले कार्यालय स्थापनाले कांग्रेसलाई मजबुत बनाउन सहयोग पु¥याएको बताउनु भयो ।
स्थानीय निकायको चुनाव नजिकिएकाले पार्टीका गतिविधिहरू तिव्रगतिले अघि बढाई पार्टीलाई नगर लगायत सवै स्थानमा जिताउनु पर्ने बताउनु भयो । अहिले पार्टीको जिल्ला अधिवेशन पनि नजिकिएकाले आम कार्यकर्तामा विवेकको प्रयोग गर्ने समय आएको मन्त्री सिंहले कार्यक्रममा बताउनु भएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिनुभयो । अहिले विवेकको प्रयोग नगरे आउने पाँच वर्ष आम कार्यकर्ताले पच्छुताउनु पर्ने उहाँले बताउनु भयो । अहिले विवेकको प्रयोग गरिए जिल्लाको सवै स्थानीय निकाय,प्रदेश र संघिय क्षेत्रमा पार्टी विजय हुने मन्त्री सिंहले दाबी गर्नु भयो । 
मन्त्री सिंहले आफू मन्त्री भएपछि लालबन्दी नगरपालिका १७ रानीगञ्जमा रहेको फौदसिंह माविको खेलमैदान निर्माणका लागि रु ८० लाख लायन्स कल्वको लागि रु २० लाख बजेट विनियोजन गरेको बताउनु भयो । उहाँले यस क्षेत्रमा जिम कल्ब, खेलमैदान निर्माणको लागि पनि बजेट विनियोजन गर्ने बताउनु भयो । मन्त्री सिंहले पार्टी कार्यालयका लागि २५ थान कुर्सी सहयोग गर्नु भएको मन्त्रालयले जनाएको छ । 
लालबन्दी नगरपालिका १० का वडा सभापति उदय पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सर्लाही क्षेत्र नं १ का सभापति हरि लुङगेली, लालबन्दी नगर सभापति प्रशान्त आचार्य लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियोे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech