नेपाल प्रहरी मधेश प्रदेश जनकपुरधामका प्रहरी प्रमुख एवम डीआईजी यज्ञविनाेद पाेखरेलमाथि नेपाल प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेकाे छ।नेपाल प्रहरी मधेश प्रदेश जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी पाेखरेलकाे खातामा अस्वभाविक रकम देखिएपछि नेपाल प्रहरी केन्द्रीय कार्यालयले छानविन सुरु गरेकाे नेपाल प्रहरी प्रमुख एवम प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अपुष्ट रुपमा बताएका छन् ।नेपाल प्रहरीका सबै प्रहरी अधिकारीहरुको बैंक खाता जाँच भइरहेको अवस्थामा सरुमै डीआईजी पाेखरेल फस्न लागेका आईजीपी कुँवले खुलासा गरे।
स्रोतका अनुसार मधेस प्रदेशका डीआईजी पोखरेलको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको छ । डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा नै मधेश प्रदेशका नाै जना र काेशी प्रदेशका एकजना गरि १० जना प्रहरी अधिकारीहरु वयानका लागि छानविन समितिले प्रहरी प्रधान कार्यालय तानिएको प्रहरी उच्च स्राेतले जनाएको छ ।प्रहरी स्राेतका अनुसार सीमा प्रहरी चौकी दुहबी,धनुषाका सई चन्द्र प्रसाद यादव,प्रहरी चौकी मोहवा, सप्तरीका असई उपेन्द्र प्रसाद यादव,जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ हवल्दार निरज कुमार साह,जिल्ला प्रहरी कार्यालय बाराका हवल्दार बच्चेलाल यादव,ईलाका प्रहरी कार्यालय निजगढका हवल्दार शैलेन्द्र प्रसाद कुर्मी,प्रहरी चाैकी जनकपुरधामका सहायक हवल्दार अशोक कुमार यादव,मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका सहायक हवल्दार ईश्वर अच्छामी,प्रहरी चौकी कपिलेश्वर,धनुषाका सहायक हवल्दार मुकुन्द शर्मा र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी जवान सतेश लाल कायस्थ सहित ईलाका प्रहरी कार्यालय बालाङ्खा भाेजपुरका हवल्दार बृजेस मुखिया छानविनका लागि प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
यसबाट नेपाल प्रहरीमा लहरो तान्दा पहरो गर्जिने;उखानजस्तै भएको छ ।फलस्परुप भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजी पाेखरेलको नेटवर्कलाई साथ दिएको आशंकामा उनीहरुलाई छानविन गर्न भन्दै प्रहरी प्रधान कार्यालय तानिएको हाे।
एक बिचौलिया पक्राउ
डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा जनकपुरबाट एकजना बिचौलिया पक्राउ परेका छन्।डीआईजी पाेखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । डीआईजी पोखरेलले विचाैलिया कर्ण मार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको प्रहरी प्रधान कार्यालय स्रोतकाे भनाइ छ ।
डीआईजी पाेखरेलसंग साँठगाँठ गरी लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ पुर्याएकाे हाे ।