Close This

स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-१३ गते   ४०० पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिकाका ८ जना स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल वितरण गरिएको छ । हरिपुर्वामा कार्यरत   रहेका  ८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ साइकल वितरण गरिएको हो ।    हरिपुर्वा नगरपालिका ५ का   वडाध्यक्ष बिजय कुमार यादबले ८ जना स्वास्थ्य स्वयंसेवीकाहरुलाई एकएकवटा साइकल वितरण गर्नु भएको हो ।
प्रत्येक वडामा  साइकल वितरणको बजेट छुट्टयाइएको भएपनि अहिले सम्म वडा नम्बर ४ र ५ मा मात्र साइकल हस्तनान्तरण गरेको र यसै असार भित्र केही वडाहरुमा पनि  साइकल हस्तान्तरण  गरिदिने नगर प्रमुख सियाराम रायले बताउनु भयो ।

हरिपूर्वा नगरपालिमा ९ वटा वडा रहेका छन । भने  ३ वटा स्वास्थ्य चौकीमा जम्मा  ६० जना महिला स्वास्थ्य  स्वयंसेविकाहरु हाल कार्यरत रहेका  छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech