सर्लाहीको विभिन्न स्थानमा आइतबार २८५९ सोनाम ल्होसार पर्व धुमाधमका साथ मनाइएको छ । जिल्लाका विभिन्न स्थानमा तामाङ समुदायको आयोजनामा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरी सोनाम ल्होसार हर्षोल्लासपूर्वक मनाइएको हो ।
कार्यक्रममा तामाङ समुदायको विभिन्न गीतमा नृत्यसहित गायक समेत प्रस्तुत गरिएको थियो । सोनाम ल्होसार पर्वकै अवसरमा सर्लाहीको लालबन्दी,हरिवन र बागमती नगरपालिकाले भोली (सोमवार)पनि सार्वजनिक बिदा दिएका छन् ।
सोनाम ल्होसार अरु समुदायले दशैँ पर्व मनाइ झैँ गरी हर्षोल्लासपूर्वक मनाइएको तामाङ अगुवाहरुले बताएका छन् । आजदेखि सुरू भएको तामाङलगायत हिमाली,पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्व–२८५९ ह्योई÷तावर ल्हो (बिरालो वर्ष)को उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले समेत शुभकामना दिएका छन् ।