सुनको भाउमा लगातारको गिरावटमा ब्रेक

पत्र पत्रिका    प्रकाशित: २०८०-४-९ गते   २७१ पटक हेरिएको

 नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ उकालो लागेको छ। लगातार ३ दिन घटेको सुनको भाउमा आज सामान्य बढोत्तरी भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech