सर्लाहीको मलंगवा नगरपालिका ८ बाट स्रोत नखुलेको रकम करिबरुसात लाख रकम सहित दुई जनालाई प्रहरीले पक्राउ परेका छन् ।मलंगवा नगरपालिका ८ स्थित गोरखकाली प्रहरी चौकी अगाडि नियमित चेकजाँचको क्रममा बीआर ३० एन २२३० नम्वरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका गोडैता नगरपालिका ५ रामवनका अन्दाजी वर्ष ३८ का मनोज कुमार गुप्ता र सोही ठाउँका अन्दाजी वर्ष ३५ का भगवान गुप्तालाई स्रोत नखुलेको रु सात लाख २८ हजार नौ सय सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।उनका अनुसार स्रोत नखुलेको रकम सहित पक्राउ पर्ने गुप्ता दाजुुभाई हुन।१७ वटा एटिएम कार्ड सहित नियन्त्रणमा लिइएका गुप्ता दाजुभाईलाई प्रहरीको नियन्त्रणमा राखेर आवश्यक अनुुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको बागमती नगरपालिका ११ स्थित चेक पोइन्टबाट शंकास्पद बिलसहित १० टन लसुन लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिईएको छ ।बा.प्र.०३ ००१ ख.०९९४ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा लोड गरिएको लसुनको बिल शंकास्पद देखिएपछि टूक सहित अन्दाजी मुल्य रु १७ लाख १७ हजार छ सयको लसुन नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय,पथलैया,बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए ।
नेपाल भारत खुल्ला सिमानाका कारण पछिल्लो समय नेपाल तर्फ अपराधिक गतिविधिहरु बढ्नुका साथै अवेध कारोबार मौलाउँदै गएको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार सिमा क्षेत्रमा कडाई हुननसक्दा भारतिय नम्बरका सवारी साधनहरु आफुखुसी नेपाल प्रवेश गर्ने रनेपालमा अपराधिक गतिविधिहरु बढेका छन् ।