घ्याङलेख गाउँपालिकाले बाख्रा पकेट विकास समितिहरुलाई आर्थिक सहयोग

2.5k Shares

सिन्धुलीको घ्याङलेख गाउँपालिकाले बाख्रा पकेट विकास समितिहरुलाई आर्थिक सहयोग गरेको छ । घ्याङलेख गाउँपालिकाको  आर्थिक वर्ष २०७७÷०७८ को पशु विकास शाखाको संघिय शसर्त तर्फको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमका लागि ३ वटा समितिहरुलाई आर्थिक सहयोग गरेको हो ।
गाउँपालिकाले हायुटार टुनिभञ्जयाङ केराबारी बाख्रा पकेट विकास समिति, चिउरीबास बाख्रा पकेट विकास समिति र तामाजोर रामपुर पहरीलेख बाख्रा पकेट विकास समितिले समयमै कार्य सम्पन्न गरेकाले सहयोग गरेको गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले बताउनुभयो ।
उहाँका अनुसार घ्याङलेख गाउँपालिकाको वडा नम्बर १ र २ को हायुटार टुनिभञ्जयाङ केराबारी बाख्रा पकेट विकास समितिलाई रु ४ लाख ८० हजार ६ सय ५१, वडा नम्बर २ कै चिउरीबास बाख्रा पकेट विकास समितिलाई रु ४ दाख ७० हजार ९ सय ९० र वडा नम्बर ३ र ५ को तामाजोर रामपुर पहरीलेख बाख्रा पकेट विकास समितिलाई रु ४ लाख ७७ हजार ६ सय ९६ बराबरको चेक हस्तान्तरण गरिएको अध्यक्ष भोलनले जानकारी दिनु भयो ।
कृषि तथा पशुपंक्षि पालन पेशालाई व्यवासायिकता प्रदान गर्न स्थानिय सरकार तल्लीन भएर लागि परेको छ । गाउँपालिकाका अधिकांश नागरिकहरु कृषि पेशाबाट नै जीविकोपार्जन गरि रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले थोरै भएपनि राहत पुगोस भनेर सहयोग गरेको अध्यक्ष भोलनले बताउनु भयो ।पुष्पा सुनुवार सिन्धुली

सम्बन्धित समाचार