कांग्रेसको वडा अधिवेशनमा गोली चल्दा मन्त्री सिंहका अङ्गरक्षक सहित दुई घाईते,वडा अधिवेशन स्थगीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१२ गते   १०५ पटक हेरिएको

सर्लाहीमा नेपाली कांग्रेसको अधिवेशनको क्रममा गोली चल्दा दुई जना घाईते भएका छन् । जिल्लाको बलरा नगरपालिका ९, अचलगढमा काँग्रेसको वडा अधिवेशन स्थलमा पार्टीकै दुई समूहबीच विवाद भएपछि गोली चलेको प्रहरीले जनाएको छ ।
सर्लाहीमा पटक पटक विवाद हुँदै स्थिगीत भएको नेपाली कांग्रेसको अधिवेश आज(आईतबार)बाट शुरु भएको थियो । आजबाट शुरु भएको वडा अधिवेशनमा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री तथा कांग्रेस नेता  वीरेन्द्र प्रसाद सिंह र सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवम कांग्रेस नेता डा. अमरेश कुमार सिंहका कार्यकर्ताहरु विच विवाद उत्पन्न भएपछि मन्त्री सिंहका अङ्गरक्षकले एक राउण्ड हवाई फायर गरेका थिए ।
विवादका क्रममा मन्त्री सिंहका अङ्गरक्षक (पीएसो) प्रहरी हवल्दार रामचन्द्र खङ्ग र सहयोगी रामचन्द्र महतो घाईते भएका  मन्त्री सिंहका स्वकिय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो । घाईते दुवै जनाको जिल्ला अस्पताल मलङ्गवा सर्लाहीमा उपचार भई रहेकोे छ ।
प्रतिनिधि सभा सदस्य डा. अमरेश सिंहका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले समिति चयन गर्न नपाएपछि आफू र आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको मन्त्री सिंहको आरोप छ  । विवादपछि अचलगढमा आइतवार(आज)का लागि काँग्रेसको वडा अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
यस्तै, बलराकै वडा नं. ५ अर्नाहा र वडा नं. ११ छतौनामा पनि विवादकै कारण वडा अविधेशन स्थगित गरिएको छ । वडा नं. २, ३, ४, ६ र ७ मा भने सहमतीमा नेतृत्व चयन भएको कांग्रेसले जनाएको छ । ११ वटा वडा रहेको बलरा नगरपालिकाका बाँकी वडाहरुमा सोमवार मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिने भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech