सर्लाहीको लालबन्दी नगरपालिका ३ मा जारी सातौँ वडा अध्यक्ष कपमा लालबन्दी नगरपालिका ९ बस्तीपुरसंग लालबन्दी नगरपालिका १६ परवानिपुर पराजीत भएको छ । सातौं नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको दाबेबार मानिएको लालबन्दी नगरपालिका १६ पहिलो खेलबाटै बाहिरिएको हो।लालबन्दी ३ जब्दी भैरवपुरमा जारी प्रतियोगितामा लालबन्दी नगरपालिका १६ लाई लालत्रबन्दी नगरपालिका ९ बस्तीपुरलेसँग एक गोल अन्तरले पराजित गरेको हो ।
लालबन्दी नगरपालिका १६ ले वडाध्यक्ष कप फुटबलमा ह्याट्रिक समेत गरिसकेको थियो । तर यो वर्ष भने पहिलो खेलमै स्तब्ध हुनुपरेको आयोजकले जनाएको छ।खेलमा लालबन्दी नगरपालिका ९ का सिमान्त बलम्पाकी मगर म्यान अफ दी म्याच घोषित भएका छन्।यस्तै बुधबार नै भएको अर्को खेलमा लालबन्दी नगरपालिका १५ लालबन्दी नगरपालिका २ संग दुई गोलले पराजित भएको छ ।लालबन्दी नगरपालिका २ का कप्तान शिव चौलागाईंले नै दुई गोल गरेपछि उनैलाई म्यान अफ दी म्याच घोषणा गरिएको छ ।
कात्तिक १४ गते सम्म सञ्चालन हुने सातौँ वडा अध्यक्ष कपको विजेता वडाले रु एक लाख ११ हजार एक सय ११, उप विजेता हुने वडाले ५५ हजार पाँच सय ५५ र तृतिय हुने वडाले रु ३३ हजार तीन सय ३३ प्राप्त गर्ने लालबन्दी नगरपालिकाको खेलकुद शाखाले जनाएको छ ।