दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दीमा बाेक्सी कुप्रथा विरुद्ध र मान्छे बाेक्सी हुन्न भन्ने विषयमा सचेतनामुलक कार्यक्रम सुरु भएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित रहेकाे पुरानाे नगरपालिकाकाे सभा हलमा बाेक्सी कुप्रथा विरुद्ध र मान्छे बाेक्सी हुन्न भन्ने सन्देश प्रवाह गर्न सचेतनामुलक कार्यक्रम सुरु गरिएको मेची महाकाली संयुक्त बुहारी आवाज सर्लाहीकी सचिव अम्विका बुढाथाेकीले जानकारी दिईन् ।
उनका अनुसार जिल्ला प्रहरी कार्यलय सर्लाही र राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा बाेक्सी कुप्रथा विरुद्ध र मान्छे बाेक्सी हुन्न भन्ने विषयमा सचेतनामुलक कार्यक्रम सुरु गरिएको हाे ।
कार्यक्रममा मेची महाकाली संयुक्त बुहारी आवाज सर्लाही सहित लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक सुमित कुशबाह लगायत सरोकारवाला निकायहरुका प्रमुख एवम प्रतिनिधिहरुकाे विशेष उपस्थितिमा कार्यक्रम सुरु भएको हाे ।