सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिका व्यापारीहरुले तरकारी नकिनेपछि किसानहरु आन्दोलीत भएका छन् ।व्यापारीहरुले तरकारी नकिनिदिएपछि लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिमा तरकारी लिएर पुगेका किसानहरुले पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दीमा पुर्व पश्चीम राजमार्ग अवरुद्ध पारेका थिए।लालबन्दी नगरपालिकाले निकासी कर लगाएकाले थोक व्यापारीहरुले किसानहरुको तरकारी नकिनेको लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद थपलियाले बताए ।
उनका अनुसार नेपालको संविधान २०७२ को धारा २३६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भाग १९ को २२८ बमोजिम लालबन्दी नगरपालिका सञ्चालन हुनु पर्नेमा लालबन्दी नगरपालिकाले लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिलाई ठेक्का लगाएर निकासी कर असुलेका कारण आफुहरु मारमा परेको भन्दे नगरपालिकाको ध्यानाकर्षण गराएको भएपनि त्यसलाई कार्यन्वयन गर्न तर्फ नगरपालिका लागि नपरेपछि यो अवस्था सृजना भएको हो ।किसानहरुको आन्दोलनका कारण राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दुरीमा चल्ने सबारी साधनको ठप्प भएका थिए ।
यता,लालबन्दी नगरपालिकाले अर्काे व्यवस्था नहुँदा सम्मका लागि लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समितिमा हाल लगाउँदै आएको शुल्क स्थगन गरेको जनाएको छ।देशभरका मुख्य ११ वटा बजारहरु मध्य एउटा लालबनदी बजारमा मात्रे स्थानीय तहले संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन विपरित कर असुल्दै आएको थियो ।