इश्वरपुर १२ को जनता आ.वि.का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

500 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित पिपलदमारमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ को आयोजनामा इश्वरपुर नगरपालिका १२ स्थित पिपलदमारमा रहेको जनता आधारभूत विद्यालयमा अध्यायनरत एक सय ३० जना विद्यार्थीहरुलाई स्टेशनरी र विद्यालय झोला वितरण गरिएको जय नेपाल फाउण्डेशन तथा वि.पी.कोईराला युवा नेतृत्व विकास मञ्च सर्लाहीका अध्यक्ष,नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ का क्षेत्रीय कार्य समिति सदस्य  एवम नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ठाकुर बख्रेल(मनोज)ले जानकारी दिए ।उनका अनुसार ७५ औँ प्रजातन्त्र दिशवको अवसरमा नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ को आयोजना तथा मधेस प्रदेश कार्य सम्पादन समिति सदस्य एवम स्वास्थ्य विभाग प्रमुख शर्मिला थापाको विशेष सहयोगमा नेपाली कांग्रेस क्षेत्र नं.१ का सभापति हरिबहादुर लुङेलीको अध्यक्षतामा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति लक्ष्मण राय,मधेस प्रदेश सदस्य थापा,महासमिति सदस्य प्रमोद बराल,योगराज देवकोटा,महाधिवेशन प्रतिनिधि जुना परियार,इश्वरपुर नगरपालिका १२ का निवर्तमान वडा अध्यक्ष नागेन्द्र पाखरिन र कांग्रेस वडा उपसभापति मिलन के.सी.लगायतको उपस्थिति रहेको थियो।प्रजातान्त्रिक व्यवस्थाले समाजका सबै वर्गलाई अवसर प्रदान गर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई शिक्षाको महत्व बुझ्न कार्यक्रमका निवर्तमान सभापति एवम प्रमुख अतिथि रायले आग्रह गरे।शिक्षाका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउने कार्यक्रमकी विशिष्ट अतिथि थापाले प्रतिबद्धता व्यक्त गरिन् ।उनले आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यहरूलाई निरन्तरता दिने समेत प्रतिवद्धता जनाईन् ।
कार्यक्रमका सभापति लुङेलीले नेपाली कांग्रेसको तर्फबाट विद्यार्थीहरूलाई आवश्यक सामाग्री उपलब्ध गराउने कार्यले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए ।विद्यालयका विद्यार्थीहरूले प्राप्त स्टेशनरी र झोलाले आफ्नो पढाइमा थप सहजता ल्याउने प्रतिक्रिया दिएका छन्। 

सम्बन्धित समाचार