Close This

व्यवसायिक बन्न प्रहरी अधिकृतलाई डीआईजी सिंहको निर्देशन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२७ गते   ३४५ पटक हेरिएको

सर्लाहीका प्रहरी अधिकृतहरुलाई प्रमुख प्रहरी नायब महानिरीक्षक धीरज प्रताप सिंहले व्यावसायिक मर्यादा नभुली काम गर्न निर्देशन दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर, जिल्लाका ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीका इन्चार्जहरुलाई प्रहरीको व्यावसायिक मर्यादा नभुली काम गर्न निर्देशन दिनु भएको हो ।
आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी अनुसार मर्यादित भएर काम गर्न डीआईजी सिंहले निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
डीआईजी सिंहले कोरोना संकटका समयमा संक्रमणबाट आफू पनि जोगिन र काम गर्दा पनि जोगिएर काम गर्न निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech