सर्लाहीको बागमतीमा भएको बोटे विद्यार्थीहरुको पहिलो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विशाल चयन

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-७-२० गते   ७३ पटक हेरिएको

लोपोउन्मुख बोटे समुदायका विद्यार्थीहरुको सर्लाहीमा भएको पहिलो राष्ट्रिय सम्मेलनबाट विशाल कुमार बोटे अध्यक्षतामा नौ सदस्यीय केन्द्रिय समिति चयन भएकोे छ । नेपाल बोटे समाज विद्यार्थी सङ्गठनकोले सर्लाहीमा गरेको पहिलो राष्ट्रिय सम्मेलनबाट लोपोउन्मुख बोटे समुदायका विद्यार्थीहरु केन्द्रीकृत भएका नव निर्वाचित अध्यक्ष विशालले बताए ।बोटे समुदायको बसोवास हुने विभिन्न जिल्लाबाट उपस्थित भएका विद्यार्थीहरुको सम्मेलनले केन्द्रिय समितिको  उपाअध्यक्षमा इन्दिरा बोटे, सचिवमा सविना बोटे,कोषअध्यक्षमा सुजन बोटे र पाँच जना केन्द्रीय सदस्य चयन गरेको समितिकी सचिव सविनाले जानकारी दिइन् ।
बोटे जातिको भाषा,सँस्कृति र पहिचानको संरक्षण गर्दै अघि बढ्नुपर्ने नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष एवम सम्मेलनमा अध्यक्ष राजकुमार बोटेले बताउनु भयो ।उहाँका अनुसार बोटे विद्यार्थीहरुको पहिलो राष्ट्रिय सम्मेलनमा चितवन र तनहुँबाट बोटे समुदायका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । जिल्लाको बागमती नगरपालिकाले केही घरधुरी बोटे समुदायको संरक्षण स्वारुप बस्ती नै बसालेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनका अनुसार माछा मार्ने तथा डुङ्गा चलाउने बोटे जातिको पुख्र्यौली पेशा हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech