Close This

सिन्धुलीको खनियाखर्क बजार नजिक दुर्घट्ना हुदा सह लेखापालको मृत्यु

पत्र पत्रिका    प्रकाशित: २०७६-१०-१७ गते   ४५० पटक हेरिएको

बिपि राजमार्ग अन्तरगर्त सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्क बजार नजिक स्कार्पियो दुर्घट्ना हुदा एक जनाको घट्ना स्थलमै ज्यान गएको छ भने अर्का एक जना गम्भिर घाईते भएको छ ।
आज बिहान सवा नौ बजेको समयमा सप्तरीबाट काठ्माण्डौ जादै गरेको स १ च १००९ नम्बरको स्कारर्पियो आफै अनियन्त्रित भई सडक बाट करीब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घट्नामा सप्तरी जिल्ला कन्चनरुप नगरपालिका बडा नम्बर ६ घर भएका कन्चनरुप नगरपालिकाको उप लेखापाल अन्दाजि ३२ बर्षिय सुरेन्द्र नारायण चौधरीको ज्यान गएको हो । दुर्घट्नामा गाडि चालक सप्तरी जिल्ला कन्चनरुप नगरपालिका बडा नम्बर ६ निवासि बर्ष ३० को महमद अफरोज गम्भिर घाईते भएको सिन्धुलीको प्रहरी उपरिक्षक रन्जु सिक्देलले जानकारी दिनु भयो ।
घाईतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech