Close This

सर्लाहीको एक आईएमईबाट ८ लाख लुटियाे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१० गते   १०६९ पटक हेरिएको

सर्लाहीकाे गाेडैता नगरपालिका ८ मा दिनदहाडै डकैती भएको छ । गाेडैता नगरपालिका ८ मा नकाबधारी समुहले हतियार देखाएर शुक्रवार विहान करिब रु ८ लाखभन्दा बढी रकम लुटेका  प्रहरीले जनाएको छ ।
चार जनाको समूहमा हतियारसहित आएका नकाबधारीको समूहले जिल्लाको गोडैता नगरपालिका ८ बजारमा सञ्चालनमा रहेको आईएमईमा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आईएमईको एक थान कम्प्युटरसहित रु ८ लाख ५० हजार  लुटेर लुटेराको समूहले लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिनुभयाे ।
शुक्रबार बिहान करिब १० बजेको समयमा दुईवटा मोटरसाइकलमा चार जना नकाबधारी समूह आई हतियार देखाई लुटपाट गरेको आईएमईका सञ्चालक शुभनारायण पण्डितले बताउनु भयाे ।
उहाँका अनुसार लुटपाट भएको ठाउँबाट दुई सय मिटर भित्रमा प्रहरीचौकी रहेको छ ।
अहिले साे स्थानमा प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक विजय यादवको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी नायब उपरीक्षक यादवले घटना बारेमा सोधपुछ तथा लुटेरा समूहको पहिचानमा प्रहरी जुटेको बताउनुभयाे । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech