सिन्धुलीका सरकारी कार्यालयहरुले सूचना लुकाउने गरेका रहस्य बाहिरिएको छ।सिन्धुलीमा नौ वटा स्थानीय तहका अलावा १४ वटा प्रादेशिक कार्यालयहरु र २० वटा संघीय कार्यालयहरु गरी ४३ वटा कार्यालयहरु रहेका मध्य १८ वटा कार्यालयहरुले स्वतःप्रकाशन नगरेपछि कार्यालयहरु नागरिक मैत्री हुन नसकेका तथा नचाहेका भन्ने रहस्य बाहिरिएको हो ।
केही दिन पहिला कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमला टाईम्स दैनिक पत्रिकामा“स्वतःप्रकाशनमा सिन्धुलीका धेरै कार्यालयहरु चुके,४३ मध्य २५ वटाले मात्रै स्वतः प्रकाशन गरे”शिर्षकको समाचार प्रकाशन भएपछि शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेले आफुलाई स्वतःप्रकाशन भनेको के हो?थाहै नभएको बताएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय अटेर गर्ने कार्यमा शहरी विकास तथा भवन कार्यालय सिन्धलीका प्रमुख घिमिरे लागि परेका पाइएको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकले विभिन्न १२ बुँदे निर्णय गर्दै नागरिकहरुलाई सूचनाको हकबाट पछि पार्न नहुने जसका लागि स्वत:प्रकाशनका साथै नागरिकस्तरबाट उठेका कुराहरुलाई आत्मासात गर्दै अगाडि जानुपर्ने विषयलाई प्राथमिकता दिइएको छ।तर शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख घिमिरे लामो समयदेखि शहरी विकास तथा भवन कार्यालय सिन्धुलीमा कार्यरत रहेकाले आफ्ना कर्तुतहरु नागरिकले थाहा पाए आफुलाई समस्या पर्ने विषयमा चिन्तित देखिन्छन् ।
प्राविधिक कार्यालयको प्रमुख भएर विगत करिब आठ वर्षदेखि बस्दै आएका कार्यालय प्रमुख घिमिरेलाई आफ्नो कार्यालयबाट सम्पादित कार्यहरुको विवरण सर्वसाधारणमा जानकारी पुग्ने गरि सार्वजनिक गर्नुपर्ने भएपछि निदहराम भएको “कर्मचारी मिलन केन्द्र”सिन्धुलीको ह्वाट्सएप ग्रुपमा घिमिरेले लेखेको एसएमएस सन्देशले प्रष्ट पारेको छ।“पहिला तालिम दिने अनि यो के हो स्वतःप्रकाशन निक्लिन्छ।हाम्रो चै वेभसाईट छ ।फेशबुक पेज छ।त्यही निस्कीन्नछ जेजेहुन्छ ।”कर्मचारी मिलन केन्द्र”सिन्धुलीको ह्वाट्सएप ग्रुपमा घिमिरेले लेखेको एसएमएस सन्देश ।
विगत देखि नै स्वतःप्रकाशन नगरेका कार्यालय प्रमुख घिमिरेले यस अघि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सभा हलमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हक कार्यान्वयन सम्बन्धी प्रशिक्षण/तालिममा आफु सहभागी नभएर आफ्नो कार्यालयका खरिदार बेदराज काफ्लेलाई सहभागी गराएका थिए।आफु त्यस प्रकारका प्रशिक्षण तथा तालिममा सहभागी नहुने र पछि सामाजिक सञ्जालमा गोही आँशु झार्ने शहरी विकास तथा भवन कार्यालय सिन्धुली एक प्रतिनिधिमूलक कार्यालय हो ।