Close This

घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१९ गते   ९८३ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिकाका वडा अध्यक्षहरु तथा वडा सचिवहरुलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धि जानकारी गराईएकोे छ । कमलामाई नगरपालिका सेवा इकाई सिन्धुलीको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सम्वन्धी अभिमुखिकरण तथा दर्ता प्रणाली सम्बन्धि तीन दिने प्रशिक्षण सम्पन्न गरिएको हो ।
कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालको आतिथ्यतामा कमलामाई नगरपालिका अन्तर्गत रहेका १४ वटै वडाका वडा अध्यक्ष र वडा सचिवलाई सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना सम्वन्धी एक दिने अभिमुखिकरण र वडाका वडा सचिव र कम्प्यूटर अपरेटरहरुलाई २ दिने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रशिक्षण दिईएको हो ।
कार्यक्रममा सामाजिक विकास शाखाका शाखा प्रमुख सत्यदेवी अधिकारी, पन्जीकरण उपशाखाका प्रमुख इन्द्रिरा थापा, सूचना प्रविधि अधिकृत निर्मल लामा, सामाजिक विकास शाखाका वविन्द्रलाल माझी, एमआईएस अप्रेटर भानुभक्त श्रेष्ठ, अलिशा खत्री र फिल्ड सहायक रेवती राज देवकोटाले सहजिकरण गर्नु भएको थियो  ।
अभिमुखीकरणमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाई सराई) कसरी गर्ने, आइपर्ने व्यवहारिक तथा शैद्धान्तिक समस्याहरु र ती समस्याहरुको निराकरण बारे सहजीकरण गरिएको थियो ।त्यस्तै सामाजिक सुरक्षा सम्बन्धी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको पहिचान, तिनीहरुको दर्ता, बैङ्किक प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण, प्रतिवेदन, डिजिटाइजेशन, दर्ता सिविर जस्ता विषयमा जानकारी गराईएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech