सांसदद्धय साहदम्पतीद्धारा फर्निचर सहयोग

3.4k Shares

सर्लाहीका विभिन्न १० वटा एफएम रेडियोहरुलाई फर्निचर सहयोग प्राप्त भएको छ । सर्लाही निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रमोद साह तथा प्रदेश सभा सद्स्य निरा कुमारी साहद्धारा जिल्लाका विभिन्न १० वटा एफएम रेडियोहरुलाई फर्निचर सहयोग प्राप्त भएको हो ।
 संघिय संसदिय विकाश कोषबाट कुर्सी, टेवुल लगायतका फर्निचर सहयोग प्राप्त भएको हो ।  जिल्ला सदरमुकाम मलंगवामा भएको एक कार्यक्रममा जिल्लाका विभिन्न १० वटा एफएम रेडियोहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई सांसदद्धय साह दम्पतीले सो सामाग्री सहयोग गर्नु भएको ढुकढुकी एफएमका प्रवन्ध निर्देशक अभिषेक नगरकोटीले जानकारी दिनु भयो ।
प्रवन्ध निर्देशक नगरकोटीका अनुसार जिल्लाका १० वटा एफएम  रेडियोहरुलाई प्रति एफएम  रेडियो घुमाउने कुर्सी १ थान,स्टील टेवुल १ थान र प्लाष्टिक कुर्सी ५ थान सांसदद्धय साह दम्पतीले उपहार स्वारुप सहयोग गर्नु भएको हो ।

सहयोगी संसासदद्धय साहदम्पतीलाई सहयोग प्रति जिल्लाका एफएम रेडियो सञ्चालकहरुले धन्यवाद समेत दिएका छन ।

सम्बन्धित समाचार