नेपाल भारत सीमानाका स्थित सर्लाहीका सीमानाकाबाट सुरक्षाकर्मीहरुको मिलेमतोमा व्यापाक भन्सार छली तथा चोरी तस्करी र हुण्डी कारोवार हुने गरेको रहस्य बाहिरिएको छ।जिल्ला प्रहरी काार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान कृष्ण नन्दन कुशवाहाले आफु जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको संयुक्त घुमुवा हुँ भन्दै सर्लाहीका व्यापारी तथा होटल सञ्चालमहरुसंग कमिसन असुल्ने गरेको पाईएपछि नेपाल भारत सीमा स्थित सर्लाहीका सीमानाकाहरुबाट सुरक्षाकर्मीहरु कै मिलेमतोमा व्यापाक भन्सार छली तथा चोरी तस्करी र हुण्डी कारोवार हुने गरेको रहस्य बाहिरिएको हो ।
निर्वाचनको समयमा छिमेकी देश भारतबाट हुण्डी कारोबार हुनुका साथै नक्कली(जाली नोट) नेपालमा सहजै भित्रने र नेपाली बजारमा नक्कली(जाली)नोटहरुको कारोवार हुने गरेको पाइएपछि सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईलाई जानकारी गराउँदा उनले प्रहरी जवान कुशवाहालाई विभागिय अनुसन्धानको दायरामा ल्याउनु पर्नेमा उल्टै यस्तो सूचना दिने मानिसको नाम सहित भनेर भेटेर मिलाउन भन्दै पठाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको मिलेमतोमा व्यापाक भन्सार छली तथा चोरी तस्करी र हुण्डी कारोवार हुने गरेको रहस्य बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रहने गरेका भएपनि लामो समयदेखि प्रहरी नायव उपरीक्षकले जिल्ला प्रहरी कार्यालय सर्लाही चलाउने गरेका धेरै उद्धाहरणहरु छन् ।यस पटक पनि प्रहरी परीक्षक योगेन्द्र कुमार खड्का रहेपनि उनै प्रहरी नायप उपरीक्षक राई र प्रहरी निरीक्षक विशाल बुढाथोकीले जिल्ला प्रहरी काार्यलय सर्लाही चलाउने गरेका पाइएको छ ।
त्यसका साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीको मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक विन्देश्वर यादवले मातहतका प्रहरी युनिटहरुले हुण्डी तथा स्रोत नखुलेको रकम नियन्त्रणमा लिँदा कमिसन असुलेर मातहतका प्रहरी युनिटहरुलाई अनावश्यक दवाव दिने गरेको एक प्रहरी अधिकारीले नै बताए।यसबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीमा शान्ती सुरक्षाका काम भन्दा असुली कसरी चलाउने भन्ने काम हुने गरेको प्रष्ट हुन्छ ।
प्रहरी जवान कुशवाहाले असुली चलाएको विषय जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बुढाथोकी,प्रहरी नायव उपरीक्षक राई र प्रहरी उपरीक्षक खड्कालाई जानकारी नभएको भए जानकारी गराउँदा विभागिय अनुसन्धान सुरु हुनु पर्नेमा सूचना दिने मानिसको नाम समेत प्रहरी जवान कुशवाहालाई दिएर भेट्न पठाउनुले उनीहरुको समेत असुलीमा मिलेमतो रहेको प्रष्ट भएको छ ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बलराका प्रमुख एवम वरिष्ठ सई जीवन खड्का र अर्का बरिस्ठ सई गोपाल राना मगरले आफुहरु मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम डिआईजी गोविन्द थपलियाको रकम संकलक भएको दाबी गर्दै खड्काले सर्लाहीका र राना मगरले मधेशका जिल्लाका प्रहरी युनिट कमाण्डरहरुलाई दवाव दिएर रकम संकलन गर्ने गरेका पाईएको छ ।समय समयमा वरिष्ठ सई राना मगर सर्लाही आउने र सर्लाहीका विभिन्न सीमा नाकाहरुमा रहेका प्रहरी युनिटहरुका प्रमुखहरुलाई भेट्ने गरेका एक प्रहरी अधिकारीले नै बताए ।यसका साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बुढाथोकीले वानसरको गुनासो छ है साथीहरुले भेटेनन् भनेर भन्दै जिल्लाका सीमानाकाहरुमा रहेका प्रमुखहरुलाई कमिसन बुझाउन दवाव दिने गरेका समेत प्रहरी अधिकारीहरु नै बताउँछन् ।
यता,सर्लाहीका हरेक प्रहरी युनिट कमाण्डरहरुले आ–आफ्नो क्षेत्रमा सादा पोशाकमा तथा बर्दिमै समेत घुमुवा राखेर रकम असुली चलाएका छन्।जुन कुरा मधेश प्रदेशका डिआईजी थपलियालाई जानकारी भए पनि उनी समेत मौन बस्दा उनको समेत मिलेमतोमा मधेशमा सुरक्षाकर्मीहरुकै मिलेमतोमा व्यापाक भन्सार छली तथा चोरी तस्करी र हुण्डी कारोवार हुने र त्यसबाट चर्काे कमिसन असुली मौलाएको प्रष्ट हुन्छ।उनीहरुलाई आगामी फागुन २१ गतेको निर्वाचन बाहना मात्रै भएको छ ।