Close This

जनप्रतिनिधि, नागरीक र विद्यार्थीहरुलाई सचेतना कार्यक्रम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-१६ गते   ४४४ पटक हेरिएको

ईलाका प्रहरी कार्यालय कर्मैयाले आफ्नो कार्यक्षेत्रभि रहेका विद्यालयहरुका साथै समुदायमा समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न चेतनामुलक कार्यक्रम गरेको छ । सर्लाहीको बागमतीमा रहेको ईलाका प्रहरी कार्यालय कर्मैयाले समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्र्तगत सामुदायिक अंकपत्र,विद्यालय सचेतना कार्यक्रम र समुदाय सचेतना कार्यक्रम गरेको हो । 


ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख प्रहरी नायब निरीक्षक प्रविन भट्टराईले बागमती नगरपालिकाको सभा हलमा बागमती नगरपालिकाका जनप्रतिनिधिहरु,नगरभित्रका बुद्धिजिवीहरुका साथै समाजका अग्रज नागरीकहरुसंग प्रहरीका सेवा सुविधा प्रतिको चासो तथा गुनासो र सुझाव संकलनका साथै नगरका विभिन्न विद्यालयहरुमा सचेतना कार्यक्रम र नगरका समुदायमा सचेतना कार्यक्रम गरेको हो । बागमती नगरपालिकाका ३५ जना जनप्रतिनिधिहरु,र नगरको विभिन्न वडाका गरि ९५ जना नागरीकहरुलाई जम्मा पारी समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न चेतनामुलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख प्रहरी नायब निरीक्षक भट्टराईले जानकारी दिनु भयो ।


 त्यसैगरी बागमतीमा रहेको महेन्द्र माविका १ सय ५० जना विद्यार्थीहरुलाई समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्र्तगत सुरक्षा चेतना,साइवर क्राइम, फेसबुक लगायत सामाजिक संजालबाट हुने अपराध, साइवर बुलिङबाट पर्ने असर, अपराध गर्ने सोचबाट परिवर्तन हुने तरिका लगायत सुरक्षित र शान्त समाजको विकास गर्ने विषयमा जनचेतनामुलक कार्यक्रम गरिएको ईलाका प्रहरी ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
जनप्रतिनिधिहरु,समुदायका नागरीकहरु र  विद्यार्थीहरु गरि कुल २ सय ४५ जनालाई विभिन्न तीन चरणमा गरि समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्र्तगत जनचेतनामुलक कार्यक्रम गरिएको हो । ईलाका प्रहरी ईलाका प्रहरी कार्यालय कर्मैया र सहज नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech