लालबन्दी ३ जब्दी भैरवपुरमा थारु संग्राहलय निर्माण हुने,

296 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ३,जब्दी भैरवपुरमा थारु संग्राहलय निर्माण हुने भएको छ ।लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरमा थारुहरुको सँस्कृति संरक्षण प्रवद्र्धन केन्द्रको संग्राहलय भवन निर्माण हुने भएको लालबन्दी नगरपालिका ३ का वडा अध्यक्ष बुद्धदेव चौधरीले जानकारी दिए ।
उनका अनुसार थारुहरुको बाहुल्य रहेको लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरमा थारुहरुको सँस्कृति संरक्षण प्रवद्र्धन गर्न भन्दै प्रवद्र्धन केन्द्रको भवन उद्घाटन गरिएको हो ।थारुहरुको सँस्कृति संरक्षण प्रवद्र्धन गर्न भन्दै प्रवद्र्धन केन्द्रको स्थापनासँगै संग्राहलय निर्माणको काम अघि बढाइने थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष सूर्यनारायण चौधरीले बताए ।
उनका अनुसार थारु संग्राहलय भवन निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत संघीय सरकारबाट चालु आर्थिक वर्षमा रु ९० लाख बजेट समेत विनियोजन भई सकेको छ र सो बजेटबाट संग्राहलयको भवन निर्माण कार्य सुरु गर्न भाडामा कार्यालय भवन लिएर काम अघि बढाइएको केन्द्रको कार्यालय भवनको सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र चौधरीले उद्घाटन गरेका हुन्।केन्द्रको भवन उद्घाटन कार्यक्रममा कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,उप प्रमुख कल्पना माया पाख्रिन,ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य,हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियार लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले आफ्नो पालिकाबाट सकेको सहयोग गर्नेप्रतिवद्धता जनाएका केन्द्रले जनाएको छ ।थारु कला,सँस्कृति र रीतिरिवाजको संरक्षण गर्ने उद्देश्यले निर्माण गर्न लागिएको संग्राहलयमा थारु समुदायले प्रयोग गर्ने माटो तथा काठका भाँडा,जाल र थारुहरुको पहिरन लगायत थारु सँस्कृति झल्कने वस्तु प्रदर्शनीमा राखिने केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार