लालबन्दी जेसिसद्वारा लालबन्दी १६ लाई स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१७ गते   ४०३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ लाई  लालबन्दी जेसिजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस पछिल्लो समयमा समुदाय स्तरमा फैलिन थालेको र परवानीपुरमा पनि  कोरोना भाईरसको संक्रमणसंग मिल्दोजुल्दो लक्षणहरु देखा परेको भन्दै वडा कार्यलयले घर घरमा स्वास्थय सेवा सुरुगरेपछि केही स्वास्थ्य सामाग्री सहयोग होस भनेर आफुहरुले सर्जिकल मास्क ५ सय थान ६ थान स्प्रे सेनिट्राइजर ६ थान लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको लालबन्दी जेसीज वर्ष २०२१ अध्यक्ष श्याम खडकाले जानकारी दिनुभयो ।
लालबन्दी नगरपालिका १६ का जनप्रतिनिधिहरुका साथै स्वास्थ्य चौकी परवानीपुरको संयुक्त टोलीले आईतबारबाट लालबन्दी नगरपालिका १६ मा घरदैलो स्वास्थ्य चेकजाँच कार्यक्रम सुरु गरेकोलालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश थापाले जानकारी दिनु भयो ।
लालबन्दी जेसीज वर्ष २०२१ अध्यक्ष खडकाले लालबन्दी १६ का वडा अध्यक्ष थापालाई उक्त स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष थापा, लालबन्दी जेसीजका महासचिव राजकुमार सिङ, उपाध्यक्ष सन्तोष पौडेल, कुमार घिमिरे, जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको लालबन्दी जेसिजका महासचिव सिंहले  जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech