सर्लाहीका एक जना घर जग्गा व्यावसायीलाई बैँकिङ कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ ।सर्लाहीको हरिवन नगरपालिका ९ का नेकपा (एमाले)का नेता एवम निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीका माईलाे छाेरा अन्दाजी ४२ वर्षिय समीर प्रसाद उप्रेतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेकाे टाेलीले टेकुबाट नियन्त्रण लिएर ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा राखेकाे प्रहरीले जनाएको छ ।
सर्लाहीको हरिवन नगरपालिका ११ निवासी रेनु कुमारी थापाकाे बैँकिङ कसुरको जाहेरीले उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उप्रेती माथि ईलाका प्रहरी कार्यालय हरिवनमा केही महिना पहिला थापाले बैँकिङ कसुर सम्बन्धी जाहेरी दर्ता गराएका थिए।त्यसपछि लुकीछिपी बस्दै आएका उप्रेतीलाई करिब एक हप्ता पहिला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेकाे टाेलीले टेकुबाट नियन्त्रण लिएर ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा राखेकाे हाे ।
उनी बैँकिङ कसुर सम्बन्धी विषयमा जाहेरी परेदेखि नै लुकीछिपी बस्दै आएकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेकाे टाेलीले टेकुबाट नियन्त्रणमा लिएको हाे ।अहिले उनी ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन् ।प्रहरीका अनुसार उनी विरुद्ध धेरै जना बैकिङ्ग कसुरका उजुरी लिएर ईलाका प्रहरी कार्यालय हरिवनमा आएका छन् ।