Close This

पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामाग्रीहरुको मुल्यवृद्धिका विरुद्ध तीन विद्यार्थी संगठनको संयुत्त विज्ञप्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१० गते   १०७७ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र),नेकपा(एकिृकत समाजवादी) र नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट तीन विद्यार्थी संगठनले चर्काे मुल्य वृद्धिका विरुद्ध संयुक्त विज्ञप्ती पारी गरेका छन् । नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी), नेकपा(एकिृकत समाजवादी) निकट अनेरास्ववियु र नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले आज(शुक्रबार) चर्काेमुल्य वृद्धिका विरुद्ध एक विज्ञप्ती जारी गरेका हुन ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाईर संक्रमणको मार,बाढी पहिरोको मारमा परेका नेपाली जनतालाई सरकारले फेरी पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य सामाग्रीहरुमा बढाएको मुल्यवृद्धिका विरुद्ध तीन विद्यार्थी संगठनले विज्ञप्ती जारी गरी आफुहरुको गंभिरध्यानाकर्षण भएको जनाएका हुन ।
जुनसुकै आपत विपदमा पनि नेपाली जनताको सारथी बनेका विद्यार्थी संगठनहरुले नेपाल सरकारले फेरी नेपाली जनतालाई थिचोमिचो गरेको र जनताको ढाड सेक्ने काम गरेको भन्दै नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) सर्लाहीका उपा अध्यक्ष दिपेन्द्र महतो,, नेकपा(एकिृकत समाजवादी) निकट अनेरास्ववियु सर्लाहीका उपा अध्यक्ष जितेन्द्र महतो र नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी) सर्लाहीका अध्यक्ष अर्पण पौडेलले संयुत्त हस्ताक्षर गरी एक विज्ञप्ती जारी गरेका छन् । राज्यको गैर जिम्मवारपुर्ण हर्कतका विरुद्ध आफुहरुको घोर भत्सर्ना गर्दै त्यस्ता जनतामाथी जबरजस्त लादिएका समस्याका विरुद्ध एक भएर अगाडी बढ्ने, पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य सामाग्रीहरुमा बढाएको मुल्यवृद्धि यथासिघ्र फिर्ता गर्न माग गर्ने साथै आफुहरुको माग सम्बोधन नभएमा कडा भन्दा कडा आन्दोलन गर्ने संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech