Close This

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१९ गते   २१० पटक हेरिएको

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी जिल्ला स्तरिय सचेतना गोष्ठी सर्लाही सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । जनगणना २०७८ का लागि जिल्ला जनगणना कार्यालय मलंगवाले  सरोकारवालाहरुसँग जिल्लास्तरीय सचेतना गोष्ठी सम्पन्न गरेको हो ।
    “मेरो गणना मेरो सहभागिता“ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना २०७८ मा जिल्ला जनगणना अधिकारी राजु पोखरेलले जनगणनाको परिचय, उद्देश्य, महत्व लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले हरेक नेपालीको घरघरसम्म पुगेर ‘मोडिफाइड डिजुरे मेथड’ प्रयोग गरेर २०७८ सालको जनगणना हुने बताउनु भयो । नेपालमा पहिलो पटक १९६८ सालबाट जनगणना सुरु गरिएको थियो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ ।
      जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा सम्पन्न  कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, जिलल प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर,मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह लगायत विभिन्न स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवा लगायतको उपस्थिती रहेको थियो । जिल्ला जनगणना समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा कार्यक्रम सम्पनन भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech