भूमि आयोग विघटनका विरुद्धको रिले अनसन स्थगित,सर्वाेच्चको निर्णयको स्वागत गर्दै दिप प्रज्वलन

3.2k Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ जनवादी चोकमा भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनका विरुद्ध शुरु भएको रिले अनसन मंगलबारबाट स्थगित भएको छ । नेपाल सरकारले भुमि सुधार आयोग खारेज गरेको विरुद्धमा विगत ७ दिन पहिलाबाट शुरु भएको रिले अनसन सर्वाेच्च अदालतले मंगलबार पुनस्थापना गर्न अन्तरीम आदेश गरेपछि खुसीयालीमा दिप प्रज्वलन गर्दै रिले अनसन स्थगित गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोग संघर्ष समिति लालबन्दीका संयोजक तथा लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिनु भयो ।  उहाँले साउन २० गतेबाट शुरु भएको रिले अनसन सर्वाेच्चको अन्तरीम आदेश पछि स्थगित गरिएको भएपनि आयोग पुर्न स्थापना नभए थप शसक्त आन्दोलन गर्ने बताउनु भयो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले साउन १९ गते भूमि सुधार आयोग विघटन गर्नु भएको थियो । भूमिहिन,सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरि रहेका नागरिकहरुलाई व्यावस्थापन गर्न गठन गरिएको भूमि सुधार आयोग सरकार परिवर्तन भएपछि विघटन भएको भन्दै लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीको नेतृत्वमा साउन २० गतेबाट रिले अनसन शुरु भएको थियो ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकार रहेको समयमा देवी प्रसाद ज्ञावालीको अध्यक्षतामा भूमि सुधार आयोग गठन गरिएको थियो । सुकुम्बासी,भूमिहिन र अव्यवस्थित बसोबास गरि रहेका नागरिकहरुलाई जग्गाको मालिक बनाउने,व्यवस्थित बसोबास गर्ने लक्ष्यका साथ तत्कालीन सरकारले आयोग गठन गरेको थियो ।
नेपाली कांग्रेसको नेतृत्वको सरकार आएपछि भूमि सुधार आयोग नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कर्यकर्ता पाल्ने थलो भएको भन्दै साउन १९ गते विघटन गरेको थियो । देशभरका सुकुम्बासी,भूमिहिनहरुको लगत संकलन कार्य चलिरहेको समयमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले सुकुम्बासी तथा भूमिहिन नागरिकहरुलाई सधैँ एउटै दर्जामा राख्न आयोग विघटन गरेको भन्दै आफुहरुले उक्त निर्णय फिर्ता लिन र आयोग पुर्नस्थापना गर्न माग गर्दै रिलेअनसन शुरु गरेको संयोजक कार्कीले कमलामाई मिडिया प्रालिलाई बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकारले नागरिक मुखी काम गरेको र नेकपाले शुरु गरेको नागरिमुखी काम कांग्रेसको सरकारले देख्न नसकेको उहाँको आरोप छ । 
भूमिहिन,सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई सरकारले सधैँ भूमिहिन बनाउने काम शुरु गरेको भन्दै भूमि सम्बन्धी समस्या समाधान आयोग संघर्ष समिति लालबन्दीले हस्ताक्षर संकलन समेत गरि रहेको छ । भने सर्वाेच्चको निर्णयलाई स्वागत गर्दै आफुहरुले रिले अनसन स्थगित गरेको तर सरकारले आयोग पुन स्थापना नगरे फेरी आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

सम्बन्धित समाचार