Close This

मतगणना सकिएका ९ मध्य ७ मा कांग्रेसको जित, २ वटामा माओवादी केन्द्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-४ गते   २३४७ पटक हेरिएको

स्थानिय निकायको निर्वाचन २०७९ को हाल सम्मको मत परिमाण अन्ुसार सर्लाहीका २० वटा स्थानिय निकाय मध्य ९ वटा स्थानिय निकायको मत गणना सकिएको छ । देशभरमै सबै भन्दा धेरै स्थानिय निकाय रहेको सर्लाहीमा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रगरि २० वटा स्थानिय निकाय रहेका छन् । जसमा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
९ वटा स्थानिय निकायको मतगणना सम्पन्न हुँदा ७ वटा स्थानिय निकायमा नेपाली कांग्रेसले प्रमुख,उप प्रमुख तथा अध्यक्ष,उपाअध्यक्षमा जित निकायको छ भने २ वटा स्थानिय निकायमा नेकपा(माओवादी केन्द्र)ले प्रमुख,उप प्रमुख तथा अध्यक्ष,उपाअध्यक्षमा जित निकालेको हो ।
जिल्लाको हरिपुर्वा नगरपालिका,हरिपुर नगरपालिका,कौडेना गाउँपालिका,पर्सा गाउँपालिका धनकौल गाउँपालिका,ब्रम्हपुरी  गाउँपालिका र विष्णु गाउँपालिकामा प्रमुख,उप प्रमुख तथा अध्यक्ष,उपाअध्यक्षमा नेपाली कांग्रेसले जित निकालेको छ । भने बलरा नगरपालिका र रामनगर गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)ले प्रमुख,उप प्रमुख तथा अध्यक्ष,उपाअध्यक्षमा जित निकालेको हो ।
हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका विनोद कुमार साह तेलीले ५ हजार ९९  मत ल्याएर जित निकाल्नु भएको छ  भने निकट्मत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका योगनारायण रायले १ हजार ४ सय ९३ ल्याउनु भएको हो । हरिपुर्वा नगरपालिकाको उप प्रमुखमा नेपाली कांग्रेसकी सुमित्रा देवी ग्वारनीले ४ हजार ३ सय ९१ तल ल्याएर विजयी हुँदा जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले ३ हजार ४ सय मत ल्याृनु भएको छ । कौडेना गाउँपालिकामा नेपाली कांग्रेसका रुपेश कुमारले ५ हजार २ सय ८१ मत ल्याउँदा उहाँका निकट्तम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राज नन्दन प्रसाद २ हजार ४ सय ४१ मत ल्याउनु भएको छ ।
 त्यसैगरी उपा अध्यक्षमा नेपाली कांग्रेसकी नागिना देवीले  ४ हजार ९ सय ६३ मत ल्याएर विजयी हुँदा जनता समाजवादी पार्टीकी पल्बी देवी यादवले २ हजार ६ सय ६२ मत ल्याउनु भयो । धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका रायआश्रय साहले ४ हजार ४ सय ७७ तल ल्याएर विजयी हुँदा नेकपा(माओवादी केन्द्र)का फकिरा महतोले ३ हजार ३ सय ७८ तल ल्याृनु भएको छ । भने नेपाली कांग्रेस कै अकली सहनीले ४ हजार ५ सय ५ ल्याएर उपा अध्यक्षमा विजयी हुँदा उहाँकी निकट्तम प्रतिस्पर्धी माओवादी केन्द्रकी निलम कुमारी देवी सहनीले  ३ हजार २ सय २५ मत ल्याउनु भएको छ ।
त्यस्तै, पर्सा गाउँपालिकामा नेपाली कांग्रेसका धिरेन्द्र रायले २ हजार ४ सय ६६ मत ल्याएर विजयी हुँदा जनता समाजवादी पार्टीका दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत ल्याउनु भएको छ । उपा अध्यक्ष तर्फ नेपाली कांग्रेसकै नुतन देवीले २ हजार ३९ ल्याँउदा जनता समाजवादी पार्टीकी नासुरल खातुनले १ हजार ९ सय ४१ मत ल्याउनु भएको हो ।
त्यसैगरी ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसका राम पदारथ साह तेलीले ४ हजार ६ सय ६८ मत ल्याएर विजयी हुँदा लोकतान्त्रीक समाजवादी पार्टीका विनोद कुमार साहले ३ हजार २ सय ७१ मत ल्याउनु भएकोछ । भने उपा अध्यक्ष तर्फ नेपाली का.ग्रेस कै श्यामकला यादवले ४ हजार ६ सय १० मत ल्याएर विजयी हुँदा लोकतान्त्रीक समाजवादी पार्टीकी गितादेवी रायले ३ हजार ३ सय ११ मत ल्याउनु भएको छ । जिल्लाको विष्णु गाउँपालिकामा नेपाली कांग्रेसका जवाहर लाल यादवले ३ हजार २ सय ११ मत ल्याएर विजयी हुँदा जनता समाजवादी पार्टीका विजय कुमार यादवले ३ हजार ८० मत ल्याउनु भएको छ । उपा अध्यक्ष तर्फ नेपाली कांग्रेस कै उशादेवीले  २ हजार ९ सय ४९ मत ल्याउँदा जनता समाजवादी पार्टीकी सुनिता देवी जयसवालले २ हजार ४ सय ७० मत ल्याउनु भएको छ ।
साथै हरिपुर नगरपालिकामा नेपाली कांग्रेसका गोपाल पजियारले  ६ हजार ९ सय ३८ मत ल्याएर नगर प्रमुखमा विजयी हुँदा नेकपा(माओवादी केन्द्र)का सुनिल कुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत ल्याउनु भएको छ । भने उप प्रमुख तर्फ नेपाली कांग्रेसकै निलम देवी राय यादवले ५ हजार ५ सय ८३ मत ल्याउँदा नेकपा(एकिकृत समाजवादी)की शिला कार्कीले  ४ हजार ७६ मत ल्याउनु भएको छ ।
त्यसैगरी जिल्लाको बलरा नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का रामाशंकर प्रसाद कुशवाहले ४ हजार ६ सय ४३ मत ल्याएर विजयी हुँदा लोकतान्त्रीक समाजवादी पार्टीका  अभय कुमार सिंहले ३ हजार ६ सय ३१ मत ल्याउनु भएको छ । भने उप प्रमुख तर्फ माओवादी केन्द्रकै कोसिला देवीले ४ हजार ३ सय ५१ मत ल्याउदा लोकतान्त्रीक समाजवादी पार्टीकी रागनी देवीले ३ हजार ७ सय ४० मत ल्याउनु भएको छ ।  साथै रामनगर गाउँपालिकामा माओवादी केन्द्रका राजाबबु यादवले ४ हजार ८१ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी हुँदा नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३ सय ९१ मत ल्याउनु भएको छ । साथै उपा अध्यक्ष तर्फ माओवादी केन्द्रकी गीतादेवीले ३ हजार ५ सय २३ मत ल्याउँदा नेपाली कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत ल्याउनु भएको छ ।
बाँकी रहेका ८ वटा नगरपालिका र ३ वटा गाउँपालिकाको मतगणना  चलि रहेको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार पियाले जानकारी दिनु भयो । उहाँका अनुसार  जिल्लाका केही स्थानिय निकायको मतगणना बुधबार साँझ सम्ममा सम्पन्न हुनेछ । मतगणना बाँकी रहेका स्थानिय निकायहरु मध्य केहीमा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ भने केहीमा नेकपा(एमाले) र केहीमा नेकपा(माओवादी केन्द्र) अग्रस्थानमा रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech