Close This

घुस रकम फालेर भागेका गाउँपालिका अध्यक्ष राउतको पुत्ला दहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१५ गते   २४७ पटक हेरिएको

धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको पुत्ला दहन गरिएको छ ।  घुस रकम फालेर फरार भएका गाउँपालिका अध्यक्ष राउतको गाउँपालिका कार्यलय अगाडी नै पुत्ला दहन गरेका हुन ।
निर्माण व्यवसायीसँग लिएको रु ८ लाख घुस रकम फालेर फरार भएका अध्यक्ष राउतलाई अबिलम्ब पक्राउ गरि कार्वाहीको माग गर्दै गाउँपालिकाको कार्यालय अगाडी उहाँको पुत्ला दहन गरेको जनता समाजवादी पार्टी (जसपा)ले जनाएको छ ।
भ्रष्टाचारी अध्यक्ष राउतलाई पक्राउ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीलाई दबाब दिन भन्दै उहाँको पुत्ला दहान गरिएको जसपा महोतरीका नेता अजय कुमार राउतले बताएका छन् ।
गाउँपालिका अध्यक्ष राउत विरुद्ध नारावाजी गर्दै जसपाले आइतवार दिउँसो उहाँको पुत्ला दहन गरेको हो । उहालाई अबिलम्ब पक्राउ र निलम्बन नगरिए थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने जसपा नेता राउतले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech