मधेश प्रदेशका आठ मध्य पाँच जिल्लाका विभिन्न सात वटा वडामा आईतबार उपनिर्वाचन हुँदै छ।मधेश प्रदेशको सप्तरी,धनुषा,महोत्तरी,रौतहट र बारा गरी पाँच जिल्लाका सात स्थानमा आईतबार बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म उप निर्वाचन हुने भएको हो।मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४,धनुषाको धनुषाधाम १,महोत्तरीको रामगोपालपुर २,रौतहटको ईशनाथ नगरपालिका ७,राजपुर नगरपालिका ६ र बाराको गढीमाई नगरपालिका ८ मा आईतबार उप निर्वाचन हुदै छ ।
देशैभरि विभिन्न पदका लागि तीन सय ७६ जनाले उम्मेदवारी दिएका निर्वाचन आयेगकी प्रवक्ता प्रवक्ता नीता पोखरेल(अर्याल)ले जानकारी दिईन् ।उनका अनुसार कुल २० वटा राजनीतिक दलका उम्मेदवार बाहेक आइतवार हुने उप निर्वाचनमा एक सय दुई जना स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।
मौन अवधि सुरु,के गर्न पाइन्छ ?के गर्न पाईदैन ?
आईतबार हुने उप निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसंग निर्वाचन आयोगले सबैसंग आग्रह गरेको छ।स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन आचार संहिता लागु भएको छ । निर्वाचन आचार संहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन,२०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता,२०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी,उम्मेदवार,दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता प्रतिकूलका कुनै पनि गतिविधि नगर्न समेत आयोगले आग्रह गरेको हो ।
निर्वाचन अवधिमा निर्वाचन आचार संहिता विपरितका कार्य गरेको पाइएमा केन्द्रीय आचारसंहिता अनुगमन समिति,आचारसंहिता अनुगमन टोली,जिल्ला आचारसंहिता अनुगमन समिति,स्थानीय प्रशासन,सुरक्षाकर्मी र अनुगमन अधिकृतबाट समेत सूक्ष्म अनुगमन गरी कारबाही गरिने आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाइएमा तत्काल कानुन बमोजिम कारबाही गरी मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय,निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आव्हान गरेको छ।निर्वाचनको दिन अर्थात आइतबार निर्वाचन हुने क्षेत्रमा एक ठाउँबाट अर्काे ठाउँमा जानआउन सवारी साधन सञ्चालनमा पनि निर्वाचन आचार संहिताले रोक लगाएको छ ।
मधेश प्रदेशमा कहाँ कहाँ कति छन् उम्मेदवार ?
मधेश प्रदेशका सात वटा वडामा हुने उपनिर्वाचनका लागि एक सय तीन जनाको उम्मेदवारी परेको छ।मंसिर २ गते आइतबार भएको मनोनयन दर्तामा धनुषाको धनुषाधाम नगरपालिका १ को वडाध्यक्ष पदका लागि २१ जना,महोत्तरीको रामगोपालपुर नगरपालिका २ को वडाध्यक्षका लागि २० जना, सप्तरीको डाकनेश्वरी नगरपालिका १ को वडाध्यक्षका लागि नौ जना र डाकनेश्वरी नगरपालिका ४ का लागि आठ जना,रौतहटको ईशनाथ नगरपालिका ७ को वडाध्यक्ष पदका लागि १५ जना,राजपुर नगरपालिका ६ का लागि १४ जना र बाराको गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी परेको र आईतबार निर्वाचन हुँदै छ ।