Close This

सर्लाहीका चारै निर्वाचन क्षेत्रमा गठबन्धनको सहमति

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२२ गते   १०७५ पटक हेरिएको

प्रदेश तथा प्रतिनिधि सभा सदस्यकाे निर्वाचन २०७९ मंसिरका लागि सर्लाहीमा क्षेत्र नं. २ र ३ नेकपा(माओवादी केन्द्र)तथा क्षेत्र नं. ४ कांग्रेसले लिने सहमती जुटेको छ ।
खाली राखिएको क्षेत्र नं. १ लोसपाले पाउने निश्चित जस्तै छ । सत्ताधारी गठवन्धनले जसपा बाहिरिएपछि अब  लोसपासँग गठवन्धनबारे अन्तिम निर्णय गर्ने तयारी गरेकाे नेकपा(माओवादी केन्द्र)सर्लाहीका संयाेजक रमेश बुढाथोकीले जानकारी दिए ।
माओवादी केन्द्रको भागमा परेको क्षेत्र नं. २ बाट निवर्तमान सांसद एवम नेपाल समाजवादी पार्टी(नेसपा)का नेता महेन्द्र राय यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लड्ने निश्चित छ । क्षेत्र नं. ३ बाट माओवादी केन्द्रले भर्खरै आफ्नो पार्टीमा आएका नरेन्द्रप्रसाद साहलाई उठाउने पक्का जस्तै छ । कांग्रेसले आफ्नो भागमा परेको क्षेत्र नं. ४ बाट निवर्तमान सांसद डा. अमरेशकुमार सिंहलाई नै उठाउँछ वा अरु उठ्छन् भन्ने निश्चित भइसकेको छैन् । तर नेपाली कांग्रेस सर्लाहीले यश अघि कै निर्णय अनुसार मांग्रेस महामन्त्री गगन कुमार थापालाई उम्मेदवार बनाउने सहमति गर्दै एकल नाम सिफारिस गरेकाे थियाे ।
यस्तै,सर्लाहीका ८ प्रदेश सभाहरुमा हालसम्मको सहमतीमा क्षेत्र नं. १( क) नेपाली कांग्रेस,(ख) नेकपा(एकीकृत समाजवादी), क्षेत्र नं. २ को (क) नेपाली कांग्रेस,(ख) लोसपाका लागि खाली, क्षेत्र नं. ३ को (क) नेकपा (एकीकृत समाजवादी),(ख) लोसपाकै लागि खाली र क्षेत्र नं. ४ को (क) नेपाली कांग्रेस र (ख)नेकपा (माओवादी केन्द्र)का लागि छुट्याइएको छ ।
निर्वाचन क्षेत्रको बाँडफाँड करिब टुंगो लागेको नेताहरुले बताएका छन् । अब आ-आफ्नाे पार्टीमा बसेर छलफल गरि  उम्मेदवारहरुको पनि टुंगो लगाउने सत्ता गठवन्धनले तयारी गरेकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech