सर्लाहीको लालबन्दी नगरपालिका ६ की दृष्टिबिहिन एकल महिला फुलमाया मगरको घर निर्माण कार्य तिब्र रुपमा अगाडि बढेको छ । लालबन्दी ६ स्थित उनको आफ्नै सात धुर जमिनमा ३ कोठे भवनको काम अगाडि बढेको हो । ट्रस्ट मोडलमा बनाइने घर पूर्ण रुपमा भुकम्प प्रतिरोधी हुने वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिनुभयो ।
५ लाख ५७ हजार लागतमा निर्माण सम्पन्न हुने भवनको लागि विभिन्न दाताहरुबाट दुई लाख प्राप्त भैसकेको छ भने बाँकी रकम पनि यसै गरी संकलन गर्ने र अपुग रकम भवन निर्माण अभियन्ताहरु बाटै उठाउने वडा अध्यक्ष कार्किले बताउनुभयो ।
घर निर्माण कार्यमा वडा अध्यक्ष कार्की, स्ववियु सभापति शिवहरी गौतम, अनेरास्वबियु निर्वाचन आयोग सदस्य सरोज बाबु न्यौपाने लगायतले स्वेच्छिक श्रमदान गरेर निर्माणसुरु भएकोे भवन असोज सम्ममा तयार गरिसक्ने योजना रहेको अनेरास्ववियु निर्वाचन आयोग सदस्य न्यौपानेले जानकारी दिनुभयो ।