बढ्दो सवारी साधनहरु र त्यसको उचित व्यावस्थापन हुन नसक्दा दुर्घटनाको जोखिम बढेको छ । पुर्व पश्चीम लोकमार्गका साथै जिल्लाका भित्रि सडक खण्डहरुमा बढ्दो सवारी साधनहरु र त्यसको उचित व्यावस्थापन हुन नसक्दा दुर्घटनाको जोखिम बढ्नुका साथै अस्तव्यस्त देखिएको हो ।
पुर्व पश्चीम महेन्द्र लोकमार्ग अन्र्तगत सर्लाहीको खण्डमा बढ्दो सवारी साधनहरु र त्यसको उचित व्यावस्थापन हुन नसक्दा दुर्घटनाको जोखिम बढेको छ ।जसका कारण दुर्घटनाको जोखिम समेत बढेको भन्दै स्थानियलेचिन्ता व्यक्त गरेका छन् ।
जिल्लामा सञ्चालीत मालबाहक र यात्रु बाहक साना सवारी साधनहरुको लापर्बाहीले दुर्घटनाको जोखिम बढ्नुका साथै बजारको सुन्दरतामा आँच आएको स्थानियको भनाई छ । ५० वर्ष अगाडी बनेको पुर्व पश्चीम लोकमार्गका साथै जिल्लाका भित्रि सडक खण्डहरुमा सवारी साधनहरुको चरम चाप हुँदा पार्किङ गर्ने देखि दुर्घटनाको जोखिम भएपनि त्यसकोव्यावस्थापनको जिम्मा पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही मौन देखिएको छ ।
जिल्लामा सञ्चालीत साना सवारी साधनहरुले आफुखुसी मनोमानी भाडा लिने साथै जहाँपायो त्यँही रोक्ने गर्दा सवारी दुर्घटनाको खोजिम बढेको र बजारको सुन्दरता समेत हराएको स्थानियले बताएका छन् । सुविधाका लागि केही सहज भएपनि भाडामा मनोमानी,अव्यवस्थीत पार्किङसमेत हुनुका साथै जहाँपायो त्यँही रोक्ने गर्दा सवारी दुर्घटनाको खोजिम बढेको छ भने बजारको सुन्दरता हराएको स्थानिय सुसिल चालिसेले बताउनु भयो । उहाँका अनुसार जिल्लामा सञ्चालीत साना यात्रु बाहक सवारी साधनहरुका साथै मालबाहक सवारी साधनहरु कुनैपनि निकायको नियन्त्रणमा नहुँदा थप समस्या देखिएको छ भने यसलाई व्यावस्थापन गर्ने ट्राफिक प्रहरी मौन देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख भएर प्रहरी निरिक्षक इश्वर बाबु कार्की आएदेखि जिल्लाका मुख्य तथा सहायक सडक खण्डहरुमा मोटरसाईकलमा तीन जना चढ्ने,विना हेल्मेट मोटरसाइृकल चलाउनेहरुको संख्या बढ्नुको साथै जथाभावि पार्किङ हुने गरेको स्थानियले बताउका छन् । जसका कारण पैदल यात्रीहरु समेत मारमा परेका छन् ।भने जिल्लाका विभिन्न यु्निटहरुमा खटिएका ट्राफिक प्रहरी कर्माचारीहरु कमिसन असुल्नमा लाग्दा सवारी साधनहरुले अटेर गरेका एक स्थानियले बताए । उनिहरुले माछाका गाडी,भैंसिका गाडी,ट्याक्टरहरु र टिपरहरुका साथै ओभरलोड,भवर लोडबाट समेत कमिसन असुल्ने गरेका पाइएको छ ।
जेठ १३ गते साँझ सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित पुर्व पश्चीम लोकमार्ग बागवानी जंगलमा एउटा यात्रु सब र बोलेरो पिकअप ठोकिँयो । ना ५ ख ६५९८ नम्बरको बस र ना ५ च २३६३ नम्बरको बोलेरो पिक अप ठोकिएको घटनामा प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरु मध्य बसलाई आफुखुसी छाडि दिएपछि कमिसनको खेलमा ट्राफिक प्रहरी र प्रहरी लागेको स्थानियले बताएका छन् ।
एउटै दिशाबाट नवलपुर तर्फ गईरहेका दुई सवारी साधन ठोकिएको र दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको भएपनि बोलेरो पिकअपका मालिक तथा चालकलाई जानकारी नदिई बसलाई छोडिएपछि प्रहरी र ट्राफिक प्रहरी कमिसनको खेलमा लागेका रहस्य खुलेको हो ।
बोलेरो पिकअपमा मालिक तथा चालकलाई जानकारी नै नदिई बसलाई ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख सई धर्मेन्द्र ठाकुर र ट्राफिक प्रहरीका सई कमल नेपालीको मिलेमतोमा छाडिएको थियो । भने उनिहरुले बोलेरोको गल्ती देखाउँदै बोलेरोलाई जरिवाना गर्ने बताएका पीडितले बताएका छन् । यसबाट पनि नेपाल प्रहरी तथा ट्राफिक प्रहरी दुर्घटनाबाट पनि कमिसन उठाछन् भन्नेरहस्य खुलेको हो ।