सुनकोशी गाउँपालिका क्षेत्रमा गाई र भैसिहरुमा लाग्ने लम्पी स्किन रोग फैलन सक्ने सम्भावना भएको बन्दै गाउँपालिकाले सम्पूर्ण पशुपालक कृषकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
देश भर महामारीको रुपमा फैलिएको गाई र भैसिहरुमा लाग्ने लम्पी स्किन रोग सुनकोशी गाउँपालिका भित्र फैलन सक्ने सम्भावना भएकाले अन्य स्थानिय तह वा जिल्लाहरुबाट गाई भैसि खरीद बिक्रि गर्दा सावधानि अपनाउन सम्पुर्ण पशुपालक कृषकहरुमा अनुरोध गरिएको छ ।
साथै सुनकोशी गाउँपालिका क्षेत्रमा गाई भैसिमा लम्पी स्किन रोगका लक्षणहरु देखिएमा पशुपंक्षि विकाश शाखामा जानकारी गराउन हुन सम्पुर्ण सुनकोशी गाउँपालिकाका पशुपालक कृषकहरुमा आग्रह गरिएको छ।
लम्पी स्किन रोग लागेमा कचेरा निकाल्ने, सिँगान बग्ने तथा धेरै फिज निकाल्ने, शरीरका बिभिन्न ठाउँमा बिशेष गरी घाटिमा पछाडिको भाग पेट र थुन वरीपरी गिर्खाहरु देखिने, १०४ डिग्रि भन्दा माथि ज्वरो आउने, ८० प्रतिशत सम्म दुध घट्ने र बाझोपन हुने गर्दछ ।उर्मिला भट्टराई